१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सहभागिहरु। तस्बिरःमुक्ति/नागरिक

पाल्पा– ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पाल्पामा पनि सुरू गरिएको छ।

सोमबार पाल्पाको वगनाशकाली गाउँपालिकाले अभियानको सुरुवात गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न वगनाशकाली गाउँपालिका लागि परेको बताए।

‘अहिले महिलामात्र होईन, पुरुषपनि हिंसामा पर्ने गरेका छन्’ उनी भन्छन्, ‘१६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ।’

वगनाशकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न नसकिएको बताईन्।

वगनाशकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले महिला, बालबालिकाहरुको मानवअधिकारको रक्षाका निम्ति हिंसा विरुद्धको अभियानले सार्थकता पाउँदै गएको बताए। 

कार्यक्रममा सहभागीहरुले महिला तथा बालबालिकाविरुद्धको हिंसा नगर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए। अभियानमा बोटे र कुमाल समुदायमा हिंसाबारे सचेतीकरण कार्यक्रम गर्ने समेत योजना रहेको छ। 

 

प्रकाशित: ९ मंसिर २०७६ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App