१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२४ वर्षपछि कालोपत्रे सुरु

फाइल फोटो

दमौली– ‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ। 

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार रुपैयाँको लागतमा सडक कालोपत्रे सुरु भएको हो।

विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता गरेको कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए। कूल ७.२ किमी मोटरमार्ग कालोपत्रेका लागि विसं २०७७ पुस २२ गतेसम्म म्याद रहेको भण्डारीले बताए। 

मोटरमार्गको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्रे गरिनेछ। भण्डारीका अनुसार सडकको एक/एक मिटरमा नाला निर्माण हुनेछ। धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रेपछि सहज हुने भण्डारीले बताए।

‘एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत सो मोटरमार्ग कालोपत्रेको काम सुरु भएको छ’ भण्डारीले भने, ‘समयमै गुणस्तरीय काम सम्पन्न गराउन कार्यालयको तर्फबाट प्रत्यक्ष निगरानी गरिनेछ।’ निर्माण कम्पनीका प्रोपाइटर सन्जय हिराचनले तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछन्। 

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भीमाद नगरपालिका हुँदै ऋषिङको पल्ट्याङसम्म पुग्ने यो मोटरमार्गको छुट्टै महत्व रहेकाले प्रदेश सरकारमार्फत कालोपत्रे सुरु हुनु सकारात्मक रहेको बताए। रासस

प्रकाशित: ९ मंसिर २०७६ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App