१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थाई प्रहरी चौकीनै पूर्वाधार विहिन

बर्दिया – प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी उपरीक्षक राजेशनाथ वास्तोला अनुगमन र निरिक्षण कै क्रममा शनिबार प्रहरी चौकि कोठियाघाट पुगे। प्रजिअ लामिछानेले सानो छाप्रोमा प्रहरी कार्यालय देखेपछि कहा बस्ने ,कहाँ खाने र कार्यालय कुन हो भन्ने प्रश्न तेर्साउँदा चौकीमा कार्यरत प्रहरी मुखामुख गरे। 

मधुवन नगरपालिकामा पर्ने  प्रहरी चौकी, कोठियाघाट २०३५ सालमा स्थाई भएका हो भने  गेरुवा गाउँपालिकामा पर्ने प्रहरी चौकी २०४८ सालमा स्थाई भइसकेको प्रहरी चौकी मध्यमा पर्छन। स्थाई चौकी भन्ना साथ चिटिक्क परेको पक्की घर हुन्छ भन्ने धारणा छ। प्रहरीलाई अझै खेल्ने र कुद्ने मिल्ने जग्गा भएको आकलन गरिन्छ। स्थाई प्रहरी चौकीमा दश भन्दा बढि प्रहरी कर्मचारीको दरबन्दी हुने व्यवस्था छ।

तर,स्थाई भएको तीन दशक बित्न लाग्दा पनि यि चौकीको भौतिक पूर्वाधार अवस्था हेर्ने हो भने कहाली लाग्दो छ। कहाँ सुत्ने, कहाँ खाने र कहाँ कार्यालय संचालन गर्ने भन्ने नै ठेगान छैन। खरको भित्ताले बेरेको घरमा बसेर प्रहरी चौकि बर्सौदेखि सर्वसाधरणको सुरक्षा कवज बनेको छ। सुरक्षा कवज बनेको प्रहरी चौकि अवस्था दयनिय बनिरहेको छ। मान्छे बदलिए समय बदलियो र व्यवस्था फेरियो तर प्रहरी चौकी भने दयनिय अवस्थामा गुज्रिएको छ।

यी चौकी स्थाई त भए तर पूर्वाधार अवस्था वर्षौदेखि जस्ता त्यस्तै नै रह्यो।‘पटक पटक व्यवस्था बदलियो तर चौकीको अवस्था कहिल्यै बदलिएन’स्थानीय माधव निगमले भने। पुरानो छाप्रो घर। त्यहि घरलाई लिपपोत गर्दे वर्षौदेखि चलिरहेको छ प्रहरी चौकि,कोठियाघाट अन्तराष्ट्रिय जैविक मार्गमा पर्छ। बाघ र हात्तीले चौकी नजिकै बाट  हिड्ने गर्छन। ‘कतिखेर जंगली जनावर आक्रमणमा पर्ने त्रास रहेका प्रहरीबाट कस्तो सेवा अपेक्ष गर्ने त ? ’निगमले प्रतिप्रश्न गर्दै भने’प्रहरीको सेवा घरघर सम्म पुगेको छ,तर प्रहरी कर्मचारी आफै असुरक्षित छन’।

जिल्ला प्रहरी कार्यालयका मातहतमा पर्ने प्रहरी चौकी हालत यस्तै यस्तै छ। दुईवटा  चौकीकै जिम्मामा छ ३० हजार व्यत्तिको सुरक्षा। सत्यम सेवा सुरक्षणम को नारा बोकेका जनताको सुरक्षामा खटिन प्रहरी चौकी कार्यरत प्रहरीको नैतिक बल कति उचो होला जो कसैले अनुमान गर्न सक्छ। मधुवन नगरपालिकामा र गेरुवा गाउँपालिकामा पर्ने यीनै प्रहरी चौकीमा बस्ने सुरक्षाकर्मी भने आफै असुरक्षित भएर पनि सुरक्षाको जिम्मेवारी पुरा गरिरहेका मधुवन नगरपालिकाका  नगर प्रमुख कृष्ण केसीले बताए।

कतिपय प्रहरी कार्यालय पक्की बनि सके। कति बन्न बाँकी छन्। पूर्वाधार बिनै  धेरै चौकी चलेका छन्। जनताको आवश्यकता अनुसार प्रहरीले सेवा दिएपनि प्रहरी आफै असुरक्षित हुन दुखद भएको स्थानीयको प्रतिक्रिया छ। दुई वटै चौकी स्थानीय दाताले दिएको जग्गामा भवन निर्माण कार्य अघि बढिरहेको एसपी वास्तोलाले जानकारी दिए।‘प्रहरीले दिने सेवामा कुनै कमि गरेको छैन’उनले भने,‘मनाउँ चौकीका लागि दाताको जग्गामा भवन निर्माण गरिने भएको छ।’ आवश्यक सहयोग जुटाएर भवन निर्माण तत्कालै सुरु गरिने  उनले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०७६ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App