१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी थुनामा शंकास्पद मृत्यु

डोटी– प्रहरी चौकीको थुनामा रहेका एक जनाको शंकास्पद मृत्यु भएको छ। जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षीय गणेश पालीको मृत्यु भएको हो। घटना आइतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र स्थानीयबासीको भनाई बाँझिएको छ।

मृतक पाली से १ ज २९२ नम्बरको जीपका चालक हुन्। दिउँसो गैरादेखि डडेल्धुराको गाङ्खेत जोड्ने सडक क्षेत्रमा विवाद सिर्जना हुँदा उनलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो।

स्थानीयबासीका अनुसार सडकको मर्मत नभएको भन्दै मृतक पालीै अगुवाईमा सो सडक अवरुद्ध गरिएको थियो। त्यसक्रममा उनले मदिरा सेवन गरेको अवस्थामा रहेको प्रहरीको दावी छ।

त्यसपछि प्रहरीले पक्रेर उनलाई थुनामा राखेको थियो। थुनामा राख्ने क्रममा प्रहरीले हातपात गरेको स्थानीय स्तरमा हल्ला छ। स्थानीयबासीका अनुसार त्यसपछि एकाएक पाईन्टको पासो लगाएर आत्महत्या गरेको भन्ने हल्ला प्रहरीहरुले नै चलाएका थिए।

त्यहाँबाट खोलेर उनलाई नजिकैको स्वास्थ्य चौकी र त्यसपछि थप उपचार गर्ने भन्दै डडेल्धुरा लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको भनिएको छ। यता जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले पक्राउ गरेर ल्याएपछि चर्पीबाट बाहिर निस्किदा लडेर ढुंगामा टाउको लाग्दा घाउ लागेको जाहेरी आफुहरु पुगेको बताए। ‘आत्महत्या  भन्ने खबर आएको छैन्। चर्पीबाट फर्कदा लडेर ढुंगामा टाउको लागेको र उपचार गर्न लैजाँदा बाटोमा मृत्यु भएको भन्ने खबर आएको छ,’ उनले भने। 
यस विषयमा जाँचबुँझ र अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए। उनले भने, ‘अत्याधिक मदिरा सेवन गरेको र खै केको ट्याब्लेट सेवन गरेको जानकारी चौकीले दिएको छ। त्यस विषयमा मेडिकल जाँच र फरेन्सीक चेँकजाँचपछि थाहा होला।’

प्रकाशित: ८ मंसिर २०७६ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App