१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को विधान अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने खेलमा लागेको आरोप लगाए।

“५ नम्बर प्रदेशको संशोधनका लागि संसद्मा दर्ता गरिएको प्रस्तावमा यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ तर अहिले राष्ट्रियताका नाममा विरोध गरी विभाजनको राजनीति गर्न खोजिएको छ”– पूर्वप्रधानमन्त्री देउवाले भने।

कर्मचारीलाई स्वतन्त्र रुपमा जनताको काम गर्ने वातावरण सबै दलले बनाइदिनुपर्नेमा उहाँले जोड दिए।
काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन नभए मुलुक अन्योलतिर धकेलिने भएकाले कार्यान्वयनका लागि सबै दल एक जुट हुनुपर्ने विचार राखे। “काँग्रेसले बोकेको विचार नेपालको भविष्य बनाउने मार्गचित्र भएकाले कसैले आक्रमण गर्दैमा दल कमजोर हुँदैन, दल बिपीको पदचिह्नमा हिँडेको छ”– उनले भने।

नेपाल तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले भ्रष्टाचार, गुन्डागर्दी र चन्दा आतङ्कका विरुद्ध सङ्गठनले देशव्यापी अभियान चलाउने जानकारी गराए। रासस

 

प्रकाशित: २४ मंसिर २०७३ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App