१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

काठमाडौं- सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जना कर्मचारीविरुद्ध अख्‍तियारले मुद्दा दायर गरेको हो।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनामा भएका प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनालाई मिलेमतोमा पास गराइएको उनीहरुलाई आरोप छ। उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको अख्तियारले बताएको छ। जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ।

उपसचिव पोखरेल सहित इन्जिनियर बासुदेव पोखरेल हाल अवकास प्राप्त, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत (हाल अवकास) राममणी पोखरेल, शाखा अधिकृत (हाल निलम्बन) ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, तत्कालिन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना, तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) बाबुलाल रेग्मी लगायत छन्।

 

प्रकाशित: ८ मंसिर २०७६ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App