इरानमा महङ्गी विरुद्ध प्रदर्शन

आइतबार, ०८ मङि्सर २०७६, १७ : १४ नागरिक

तेहरान- इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन सुरु गरेका हुन्। त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

इरानको एक समाचार संस्था इस्नाले जनाएअनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन्। इरानमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ। यसका साथै तेल निर्यातमा पनि उसले इरानमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी यो नाकाबन्दीपछि इरानको अर्थ व्यवस्था सङ्कटमा पर्न लागेको बताउन थालिएको छ। यसै समयमा इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ। इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसंख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए।

इरानको सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो। तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad