१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

खराव मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं–काठमाडौंका मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। राजधानीमा विहानैदेखि परेको वर्षाका कारण भिजिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो। 

विमानस्थलको मौसम प्रतिकुल भएपछि एअर अरेवियाको विमान अवतरणमा समस्या भएपछि भारतको  लखनउ पठाइएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यसैगरी चीनकाे ग्वान्जाअाेबाट अाएकाे  एअर चाइनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकिएपछि ल्हासा पठाइएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ। आन्तरिक उडानभने नियमति भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच माैशममा खरावी अाएपछि पाेखरा विमानस्थल बन्द गरिएकाे  छ।

 

प्रकाशित: १७ असार २०७३ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App