१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दवाब थेग्न नसकेपछि मोर्चाले बोलायो बैठक

काठमाडौं– सरकारले गत १४ मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले परिमार्जनसहितको संशोधन स्वीकार गर्ने धारणा बनाउने भएको छ। यसअघि यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको मोर्चाले परिमार्जिनसहितको संशोधन प्रस्ताव स्वीकार गर्ने धारणा सार्वजनिक गर्ने भएको हो। त्यसकालागि मधेसी मोर्चाले शनिबार दिउँसो दुई बजे मोर्चाको बैकठ बोलाएको छ।

मोर्चाभित्रै संशोधन प्रस्तावलाई लिएर फरक फरक धारणा सार्वजनिक भएपछि मोर्चाले समान धारणा बनाउन भन्दै शनिबार बैठक बोलाएको मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

संशोधन प्रस्तावले मधेसका समस्या समाधान नगर्ने भन्दै सो प्रस्तावलाई यथास्थितिमा  स्वीकार गर्नै नसकिने निर्णय गरेको मोर्चाले शनिबार बोलाएको बैठकबाट परिमार्जन गरिएको प्रस्ताव स्वीकार गर्ने निर्णय गरी धारणा तय गर्ने मोर्चाका एक नेताले जनाए।

स्रोतका अनुसार भारतीय राजदूत रणजित रायले मोर्चाका नेतालाई दूतावास नै बोलाएर सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव सकारात्मक भएको भन्दै समर्थन गर्न दबाब दिएका थिए। बिहीबार मात्रै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो भारतीय दूतावास लौनचौर पुगेका थिए। ‘भारतीय पक्षको चर्को दबाब आएपछि परिमार्जित विधेयकलाई मात्र स्वीकार गर्न सकिने गरी धारणा तय गर्न बैठक बोलाइएको हो,’ स्रोतले भन्यो,‘यसअघि यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेपछि दबाब थेग्न नसकेपछि केही लचिलो धारणा तय गर्नुपर्ने स्थिति आएको हो।’ मधेसी मोर्चाभित्र पनि संशोधन प्रस्तावको विषयमा फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन्। मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल र तमलोपाबाहेकका दल संशोधन प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा छन्। उनीहरुले धेरै खोज्दा खल्तीमा भएको पनि झर्ने अवस्था आउने भन्दै प्रस्तावलाई आलोचनात्मक समर्थन गर्नुपर्ने पक्षमा छन्। तर संघीय समाजवादी फोरम नेपाल भने प्रस्तावलाई स्वीकार गर्न नसकिने पक्षमा छ ।  मोर्चाभित्रै फरक फरक धारणा र भारतीय राजदूतको दबाब थेग्न नसकेपछि मोर्चाले संशोधन प्रस्तावप्रति लचिलो धारणा बनाउन लागेको हो।

सरकार प्रस्ताव अगाडि बढाउने वा फिर्ता लिने भन्नेमा निर्णयमा नपुगिसकेको अवस्थामा मोर्चाले प्रस्तावको पक्षमा निर्णय गरे सरकारलाई राहत हुने छ। बुधबार दाङ र धनगढी पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीमा कायम रहेसम्म संशोधन प्रस्ताव फिर्ता नलिने बताएका थिए। प्रमुख प्रतिपक्षसहितका विपक्षी दलले भने  सरकारले प्रस्ताव फिर्ता नलिएसम्म संसद अबरोध कायम राख्ने अडानमा छन्।  प्रतिपक्षको लगायतको संसद अवरोधकाबीच सभामुख ओनसरी घर्ती शुक्रबार  दुइव भ्रमणमा निस्किएकी छन्।

 

प्रकाशित: २४ मंसिर २०७३ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App