सागमा कुस्तीः मुख्य प्रतिस्पर्धी भारत

शनिबार, ०७ मङि्सर २०७६, १२ : ३४ नागरिक

भिमदत्तनगर– तीन वर्षअघि मात्रै कुस्ती खेलमा प्रवेश गरेका कञ्चनपुर भीमदत्त नगरपालिका–६ का कुस्ती खेलाडी सुरेश चुनारा आगमी १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक ल्याउने आश लाग्दा पुरुष खेलाडीको सूचीमा छन्।

विसं २०७३ मा कुस्ती खेलमा आएको १५ दिनको छोटो प्रशिक्षणमै सातौँ राष्ट्रिय खेल्ने अवसर पाएका सुरेशले शुरुआतमै पदक ल्याउन सफल भएका थिए।

‘छोटो प्रशिक्षण र पहिलो राष्ट्रियस्तरको प्रतियोगितामै कास्य पदक ल्याउँदा कुस्तीप्रतिको मोह झन बढेर गयो’ विगत सम्झिँदै सुरेशले भने, ‘१३ औँ सागमा स्वर्ण पदकको लागि हामीसामु भारत नै मुख्य चुनौती छ।’

विगत चार महिनादेखि हेटौँडामा जारी सागको बन्द प्रशिक्षणमा रहेका सुरेशले यो तीन वर्षको अवधिमा राष्ट्रियस्तरमा आफ्नो तौल समूहमा तीन वटा स्वर्ण पदक जितिसकेका छन्।

सन् २०१८ मा भएको १८ औँ एशियन खेलकूद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका उनले आफ्नै मुलुकमा हुन लागेको सागमा पदक ल्याउनेमा विश्वस्त रहेको बताए।

गत वर्ष भएको आठौँ बृहत् राष्ट्रिय प्रतियोगिता हुनुअघि त्रिभुवन आर्मी क्लबसित आबद्ध भएका सुरेशले आठौँमा स्वर्ण जितेपछि पनि निरन्तर सागको प्रशिक्षणमा जुटिरहेको बताए। ‘पारिवारिक अवस्था नाजुक नै भए पनि घरबाट आमाले खेलमा लाग्न प्रेरणा दिनुभएकै छ’, उनले भने, ‘खेलस्तर माथि उकास्न राज्यले खेलकूद र खेलाडीमा भरपुर लगानी गर्नुपर्ने खाँचो छ।’

१३ औँ सागमा ७० किलो तौलम समूहमा भीडन्तको तयारीमा रहेका सुरेश दैनिक चार घण्टा नियमित प्रशिक्षण गर्दै आएका छन। ‘१८ औँ एशियनको अनुभव यो सागका लागि उपयोगी भएको छ’, उनले भने, ‘कुस्ती खेलाडीको मेहनत आगामी सागमा पदकविहीन भएर खेर जाने कुरै आउँदैन।’ नेपाली कुस्ती खेलाडीका लागि भारतीय खेलाडी नै मुख्य प्रतिस्पर्धी रहेको उनको भनाइ थियो। 

‘भारतसित जित्ने खेलाडीले स्वर्ण नै भित्र्याउने धेरै सम्भावना छ’, उनले भने, ‘भारतीय खेलाडीलाई निराश पार्ने रणनीति बुनिसकेको छु।’ लामो समयदेखि राज्यको लगानी र कुस्तीलाई दिइएको प्राथमिकता र लामो अनुभवका कारण सागमा भारतीय खेलाडीको बर्चश्व हुने गरेको सुरेशको भनाइ छ।

सागको बन्द प्रशिक्षणमा जुटिरहेका यहाँका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले इतिहासमै पहिलोपटक सागमा मुलुकका तर्फबाट सबैभन्दा बढी कञ्चनपुरका खेलाडी अटाएको सुनाए । 

‘यो सब खेलाडीको मेहनतको फल हो’, प्रशिक्षक चन्दले भने, ‘महिलातर्फ सात तौल समूहमध्ये छ जना कञ्चनपुरकै छन।’ प्रशिक्षक चन्दले महिला र पुरुष दुवैतर्फ कुस्तीमा पदक आउनेमा आफू ढुक्क रहेको बताए। ‘धेरैजसो खेलाडीले विगत हेर्दा धेरै समयमा कुस्तीमा फड्को नै मारेर यहाँसम्म आइपुगेका छन्’ चन्दले भने, ‘सागमा कुस्ती पदकविहीन बन्ने अवस्था आउँदैन।’

कुस्तीमा नेपालले चौथो सागदेखि लगातार पदक ल्याइरहेको बताउँदै प्रशिक्षक चन्दले १२ औंँ सागदेखि महिला सहभागी हुँदै आएको जानकारी दिए। साग छनोटमा पर्ने महिला खेलाडीमा ५० केजी तौल समूहमा मनिषा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री, ६२ मा शुशिला चन्द र ६८ किलोतौल समूहमा निर्मला जागरी प्रतिस्पर्धा गर्दैछन्।

चन्दले पनि भारत नै नेपालका लागि मुख्य चुनौती रहेको बताए। साग भीडन्तको तयारीमा रहेका कञ्चनपुरकी शिवाङ्गी दुबे पनि कुस्तीमा छलाङ मारेकी कान्छी खेलाडी हुन् । दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी दुबे पदक दिलाउने गरी मेहनत गरेको बताउँछिन्। 

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी दुबेले स्वर्ण जितेपछि चर्चित बनेकी थिइन्। ‘खेलाडीलाई बाह्य टिमसित मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको भए हाम्रा खेलाडीको स्तर थाहा हुन्थ्यो’, चन्दले भने, ‘त्यो हुन नसके पनि खेलाडीको प्रशिक्षण दमदार नै छ।’ रासस






यसमा तपाईको मत

अन्य समाचार

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

Ncell Footer Ad