१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दमरोगीका लागि जाडो डरलाग्दो मौसम

– तपाइँसित क्रोनिक पुरानो दम छ भने यसलाई थप नराम्रो हुनबाट बच्न सकिन्छ। अनुसन्धानकर्ताहरुले प्रति वर्ष ७ हजार दम रोगीमा गरेको अध्ययन अनुसार दम रोग गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ। र यही मौसममा दमरोगीको अस्पताल भर्ना हुने दर पनि उत्तिकै बढ्ने भएकोले दमरोगीको लागि जाडो मौसम डरलाग्दो मौसम पनि मानिन्छ।

चिसोमा तपाइँको शरिरमा यी परिवर्तनहरु आउन सक्छन्। पटक–पटक कडा खोकी लाग्ने,खोक्दा खकार आउने,श्वास फेर्न गाह्राे हुने,श्वाँ–श्वाँ बढ्ने जस्ता समस्या बढ्न सक्छन्। यस कारण चिसोको महिनाभरी सकेसम्म विहान बेलुकीको चिसोमा बाहिर ननिस्कने,बाहिर जानै परेमा सफा रुपमालले  मुख र नाक छोप्ने यसले फोक्सोमा चिसो पस्न रोक्छ। तर यो पनि ख्याल गर्नु कि यसो गर्दैमा पुरानो दम प्ुरै निको हुँदैन। तर तपाइँ चिसोको कारण बढ्ने दमलाई घटाउन सकिन्छ। जुन निम्न आठ तरिका छन्।

१. दमको उपचार व्यवस्थापन गर्ने
– राम्रोसित दमको उपचार गरेमा चिसोको कारण थप बढ्ने दमलाई घटाउन सकिन्छ नै। यो मौसममा लाग्न सक्ने भाइरल फ्लुको संक्रमण र रुघाखोकी लाग्नबाट बच्न सकिन्छ।

२. दमरोगीले यो मौसममा आउन सक्ने भाइरल संक्रमणबाट बच्नको लागि आफ्नो चिकित्सकको सल्लाहमा निमोनियाँ बिरुद्धको खोप लिनु उचित हुन्छ। यसले निमोनियाँको जोखिमबाट बचाउँछ।

३. आफ्नो दमको अवस्था बारे जानकारी राख्ने
– यदि तपाइँमा दम पहिचान भइसकेको छ भने आफ्नो चिकित्सकलाई शरिरमा भएको अल्फा– १ एन्टिट्राइप्सनको अवस्था थाहा पाइराख्नुहोस्। यो यस्तो अवस्था हो शरिरले प्रर्याप्त प्रोटिन उत्पादन गर्न सक्दैन र जसले फोक्सो र कलेजोलाई नष्ट हुनबाट बचाउँछ। यो दम बढाउने जोखिम बढाउने तत्व हो। यदि तपाइँसित अल्फा– १ छ भने प्रर्याप्त उपचार भएको छैन भने तपाइँ थप दम बढ्ने जोखिममा हुनु हुन्छ।

४) बिरामीवाट टाढै रहनुहोस्
– चिसो मौसममा सामाजिक सम्वन्ध र अन्तरक्रियामा कसरी सहभागी हुने भन्ने बारेमा सामान्य दिमाग लगाउनुहोस्। अस्पतालबाट टाढा रहनुहोस्,बालबालिकाको समुहबाट र रुघाखोकी लागेका बिरामीको छेउमा नजानुहोस्। यसो गर्दा भाइरल संक्रमणबाट बच्न सकिन्छ। यस्ता संक्रमण भएमा दमरोग पनि बढ्ने सम्भावना हुन्छ।

५. नियमित हात धुनुहोस्
– किटाणुसित लड्नको लागि राम्रोसित हात धुनु सवै भन्दा राम्रो सफाइ हो। तपाइँको आँखा,मुख छुनु अघि तपाइँ आफ्नो हात राम्रोसित धुनुहोस्।

६. न्यानो बनाउने उपकरण प्रत्येक दिन सफा राखौं
– प्रत्येक दिन यस्ता उपकरणहरु सफा राख्नाले यी उपकरणले कोठामा उचित मात्रामा न्यानोपन राख्छन्। यसले गर्दा उपकरणबाट निस्कने थप इरिटेशनवाट बचाउँछ।

७.प्रर्याप्त मात्रमा पानी पिउनुहोस
– प्रर्याप्त मात्रामा पानी पिउनाले श्वास फेर्न सजिलो हन्छ। बिशेष गरी श्वास–प्रश्वास प्रक्रियामा संक्रमण भएको अवस्थामा सहज हुन्छ। प्रत्येक श्वासले पानी लिएको हुन्छ।

८. धुमपान र धुवाँवाट बच्नुहोस
– जाडो  छेक्न घरभित्र बालिने धुवाँले तपाइँको फोक्सोमा इरिटेशन हुन सक्छ। बिशेष गरी दाउरा,इट्टा,मट्टितेलको हिटर,गुइँठा जस्ता आगोले फोक्सोमा इरिटेशन ल्याउँछ। किन कि यस्ता चिज बाल्दा जाडोको बेला हामी कम मात्रामा मात्र झ्याल खोल्न चाहान्छौं।

प्रकाशित: ७ मंसिर २०७६ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App