१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मधुमेह र यसको असर

काठमाडाैं - हामीले मधुमेह भन्ने बित्तिकै शरिरमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरिरमा हुने इन्सुलिन हर्मोनले रगतबाट चिनीको मात्रा शरिरको कोषमा पु-याउने काम गर्छ । चिनी कोषमा पुगेपगि शक्ति दिने काम गर्छ। रगतमा चिनीको मात्रा खालि पेटमा जाँच गर्दा  १ सय २६ र खाना खाएपछि जाँच गर्दा २ सय रहेमा मधुमेह भएको  मानिन्छ।

शरिरमा इन्सुलिन उत्पादन गर्ने ग्रन्थी(प्यानक्रियज)मा गडवडी भयो भने रगत चिनीको मात्रा बढी हुन्छ। प्यानक्रियाजले काम गरेन भने प्रर्याप्त मात्रामा इन्सिुलिन उत्पादन गर्दैन या भएको इन्सिुलिनले राम्रोसित काम गर्दैन। शरिरमा चिनीको मात्रा बढी भयो भने शरिरको स्वास्थ्यमा गम्भिर असर पु-याउँछ । शरिरमा चिनीको मात्रा बढी भएपछि मुख सुख्खा हुने, तिर्खा लाग्ने, रिंगटा लाग्ने,छिन–छिनमा पिसाव लाग्ने, छिटो–छिटो भोक लाग्ने लगायत लक्षण देखिन्छ। शरिरमा ग्लुकोजको मात्रा कम भएमा बिरामी वेहोस हुन सक्छन्। मधुमेह भनेर हामीले वास्ता नगरेको यो रोगले भने मिर्गौला,आँखा,मुटु,खुट्टा र मस्तिष्कमा समेत असर पुग्ने चिकित्सकहरु बताउँछन्।

कारण

चिकित्सकका अनुसार पछिल्लो समयमा नेपालमा आरमदायी जीवनशैली,तनाव,सहरीकरण, असुन्लिित खानाको कारण टाइप टु (दोस्रो प्रकारको मधुमेह) बढिरहेको छ।  हालै भइरहेको नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण अनुसार पुरुषमा ४.६ प्रतिशतमा मधुमेह छ भने महिलामा ५.३ प्रतिशत छ। यो संख्या सन् २०१४ मा २.७ प्रतिशत महिलामा थियो भने पुरुषमा ४.६ प्रतिशतमा थियो। नेपालमा मधुमेह लागेका ५० प्रतिशत व्यक्तिहरु आफैलाई थाहा नभएको र उपचार नपाएको तथ्याकं छ।

महिला भन्दा बढी प्रतिस्पर्धा,तनाव र आरमदायी जीवनशैली पुरुषको हुनाले महिलामा भन्दा पुरुषमा मधृुमेह बढी भएको हुन सक्ने चिकित्सक अनुमान गर्छन्। तथ्याकंले मधुमेह लाग्ने महिला र पुरुष दुवैको संख्या हाराहारीमा देखाएको छ।पछिल्लो समय विश्वभर बढ्दो संख्यामा रहेको यो रोग नेपालमा तिब्र रुपमा बृद्धि भइरहेको छ। मानिसहरुले खानाको मात्रा मिलाएर नखाने, खाना खाएपछि टेवुलमा बसेर गर्ने काम गर्नाले र नियमित व्यायम नगर्ने जीवनशैली र आपसी प्रतिपर्धाको पछि लागेर संधै तनाव सहितको जीवन जिउनाले यो रोग बढिरहेको देखिन्छ। डा. मल्ल भन्छन्, ‘तनावले राम्रोसित ननिदाउनेहरुमा पनि मधुमेह बढेको देखिन्छ’उनले भने।  चिकित्सकका अनुसार यो रोग गाउँको तुलनामा सहरमा तिब्र गतिमा बढिरहेको छ। टाइप वान मधुमेह भने बंशाणुगत कारणले हुने चिकित्सक बताउँछन्।

रोकथामको उपाय

बिहिवार नेपालभर बिभिन्न जनचेतनामुलक कार्यक्रमका साथ विश्व मधुमेह दिवस मनाइयो। यो वर्ष विश्व स्वास्थ्य संगठनले ‘मधुमेहबाट परिवारलाई सुरक्षित गरौ’   भन्ने नारा अघि सारेको छ। परिवार मिलेर मात्र मधुमेह नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा,नसर्ने रोग शाखाका प्रमुख डा. फणिन्द्र प्रसाद बरालले बताए। उनी भन्छन्, ‘मधुमेह बहुपक्षको भूमिकासित सम्वन्धित रोग हो,त्यसैले परिवारका हरेक सदस्यको सहयोगले मात्र नियन्त्रण गर्न सकिन्छ’ उनले भने। खानपान,व्यायम,तनाव व्यवस्थापनमा सहयोगी भूमिका,औषधी,हेरचाह लगायत पक्षमा परिवारले सहयोग गरेमा मात्र मधुमेह नियन्त्रण हुन्छ। यसको साथै मधुमेह लाग्नै नदिनको लागि समग्र परिवारले अपनाउने स्वस्थ जीवनशैलीले महत्पुर्ण भूमिका खेल्छ।

समाजमा मधुमेहले धेरै भोक लाग्ने,थकाइ लाग्ने,रिंगटा लाग्ने बिषयमा धेरैलाई थाहा भएपनि मधुमेह लागेपछि शरिरका अन्य मुख्य अंगहरु आँखा,मिर्गौला,खुट्टा,मस्तिष्क,मुटु जस्ता मुख्य अंगमा असर गर्ने बिषयमा थाहा नहुँदा वर्षेनी मधुमेहको कारण धेरैले अन्य मुख्य अंग गुमाउनु परेको वीर अस्पतालका इण्डोक्राइनोलोजिष्ट डा.दीपक मल्लले बताउँछन्। उनी भन्छन् , ‘धेरै मधुमेहका बिरामी अन्य अंगमा असर पुगेपछि मात्र उपचारमा आइपुग्छन्। चिकित्सकका अनुसार मधुमेह नियन्त्रणमा नभएको अवस्थामा निम्न अंगहरु नष्ट गर्न सक्छ।

१. मिर्गौलामा बिग्रिन सक्छ

मधुमेहको कारणले रगतमा चिनीको मात्रा बढी भएमा मिर्गौलाले रगत छान्न सक्दैन। क्षमता भन्दा बढी प्रोटिन भएमा पिसावबाट प्रोटिन चुहिन थाल्छ र मिर्गौला फेल हुन्छ। नेपालमा उल्लेखनीय मात्रामा मधुमेहको कारणले मिर्गौला फेल हुनेहरुको संख्या रहेको धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रकी मिर्गौला रोग बिशेषज्ञ डा.  कल्पना श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, ‘ हाम्रो जीवनशैलीको कारण मिर्गौला बिग्रिरहेको छ, मधुमेह नियन्त्रणमा राखेमा मिर्गौला फेल हुन पाउँदैन’।


२.आँखाको दृष्टि गुम्न सक्छ

– मिर्गौलालो छिटो असर गर्ने अंग मध्येमा आँखा पनि पर्छ। आँखामा पु¥याउने असरलाई डाइवेटिक रेटिनोप्याथिक भनिन्छ। पहिलो प्रकारको मधुमेह भएको २० वर्षमा मधुमेहका बिरामीको दृष्टिपर्दामा असर परिसकेका हुन्छ। मधुमेहले आँखाको रक्तकोषिकाकामा असर गरेमा रक्तसंचारमा प्रभाव पुगी दृष्टिकेन्द्र साँघुरो हुन गई दृष्टि कमजोर हुन्छ। सुरुकै अवस्थमा उपचारपछि दृष्टि सामान्य अवस्थामा फर्काउन सकिन्छ। ढिला भएमा जटिल समस्या आई दृष्टि समेत गुम्छ। तथ्याकं अनुसार कुल अन्धोपना मध्ये ४.८ प्रतिशत मधुमेहको कारणले हुने गर्छ। अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ४२ करोड ५०  लाख जना मधुमेहवाट ग्रसित छन्। प्रति तीन जना मधुमेह रोगी मध्ये १ जनामा कुनै न कुनै दृष्टि समस्या आउँछ।

मधुमेह र मुटुरोग

– चिकित्सकका अनुसार मधुमेह भएका मानिसमा हृदयघातको जोखिम अन्य मानिसमा भन्दा तनि गुणा बढी हुन्छ। मनमोहन कार्डियो–थोरासिक तथा भास्कुलर एण्ड ट्रान्सपलान्टका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल  भट्टराईका अनुसार मधुमेहले रक्तनलीको भित्री भागलाई नष्ट गर्दै जान्छ। पछि गएर मुटुको रक्तनली समेत साँघुरिन गई हृदयघातको जोखिमलाई बढाउँछ। मधुमेह समयमै नियन्त्रणमा नभएका मधुमेहका बिरामी यसको जोखिममा हुन्छन्।

मधुमेहले खुट्टा बिग्रिन्छ

– चिकित्सकका अनुसार मधुमेहको कारण रगतमा हुने चिनीको बढी मात्राले रगतको नलीको भित्री भाग नष्ट गर्दै जान्छन्। खुट्टाको स–साना नली नष्ट भएपछि रक्तसंचारमा बाधा पर्ने,खुट्टा कालो हनुे,हातखुट्टा झम–झम गर्ने हुन्छ। खुट्टामा घाउ भइसकेपछि निको हुन गाह«ो हुने खुट्टा कालो भएर कहिलेकाँही काट्नु पर्ने अवसथा समेत आउँछ। मधुमेह नियन्त्रणमा राख्ने,खुट्टामा मोजा लगाउने,लुज जुत्ता लगाएर खुट्टा बचाउनु पर्छ।

मधुमेह रोगीलाई मानसिक रोग

लामो समयदेखि औषधी सेवन गर्नु पर्ने,नियमित उपचारमा पुग्नु पर्ने, भोजभतेरमा पुगेर राम्रोसित खान नपाउने जस्ता कुराले मधुमेह रोगीलाई भित्री रुपमा सताइरहेको हुन्छ। लामो समयको यस्तो स्थितिले उनीहरुमा मनोवैज्ञानिक समस्या समेत आउन सक्ने चिकित्सक बताउँछन्। ‘यस्तो समस्या आउन नदिनको लागि परिवारको सदस्यको भूमिका हुन्छ ’ डा.मल्लले भने।

उल्लेखित कुनै पनि समस्या आउन नदिनको लागि मधुमेहका बिरामीले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने, सन्तुलित खाना खाने,खाना खाएपछि हिंडडु्ल गर्ने, नियमित व्यायम गर्ने,तीन घण्टाको फरकमा थोरै–थोरै खाने,नियमित आँखा,खुट्टा,मिर्गौला र मुटुको जाँच गरेर यी जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ।यसको साथै मधुमेहका बिरामीलाई मदिरा र धुमपानले थप असर पुग्ने भएकोले यी दुवै कुराको सेवन बन्द गर्नु पर्ने चिकित्सकको सुझाव छ।  यसको लागि परिवारको सहयोग महत्पुर्ण रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ। मधुमेहबाट लाग्नबाट बच्न व्यायम,सन्तुलित भोजन र तनावरहित जीवनशैली मुख्य उपाय भएको बिज्ञहरु सुझाउँछन्।

प्रकाशित: ७ मंसिर २०७६ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App