१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी

सुर्खेत - प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । सुर्खेतबाट चोरी गरेर मोटरसाइकलहरु बाहिरी जिल्लामा पु-याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा संलग्न दैलेखको चामुण्डाविन्द्रासैनीका प्रशान्त शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

‘प्रहरी जवानको नक्कली परिचयपत्र बनाएर मोटरसाइकल चोरेर तस्करी गर्दै आएको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले भने, ‘हालसम्म दुई वटा चोरीका मोटरसाइकल बरामद गरेका छौं, अरु सुराक पनि पत्ता लागेको छ ।’

एसपी पन्तका अनुसार मंसिर एक गते कर्णाली प्रदेश अस्पतालबाट चोरी भएको पल्सर मोटरसाइकल खोज्ने क्रममा शाही पक्राउ परेका थिए । खानतलासका क्रममा उनको साथबाट प्रहरी जवानको परिचयपत्र, प्रहरी पोशाकमा खिचेका पासपोर्ट साइजका फोटाहरु फेला परे ।

‘चोरीका मोटरसाइकलहरु बाहिरी जिल्लाहरुमा पु-याउन र बाहिरी जिल्लाहरुबाट चोरीका मोटरसाइकल ल्याउनका लागि उनले प्रहरीको नक्कली परिचयपत्र बनाएको देखिन्छ” एसपी पन्तले भने, “मोटरसाइकल चोरीमा अरु को–को संलग्न छन्, त्यो विषयमा अनुसन्धान भइरहेको छ ।” प्रहरीले शाहीलाई चोरी मुद्धामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ६ मंसिर २०७६ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App