१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री ज्ञवाली रुस जाँदै

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार औपचारिक भ्रमणका सिलसिलामा रुस जाने भएका छन्। उनले राजधानी मस्कोमा समकक्षी सेरगै लाभरोसँग आगामी सोमबार प्रतिनिधिस्तरीय छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार मन्त्री ज्ञवालीले मस्कोस्थित इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनमा नेपाल–भारत सहकार्य विषयमा सम्बोधन गर्ने कार्यक्रम छ। रुस भ्रमणका क्रममा उनले राजनीतिक नेतृत्व र गैरआवासीय नेपाली प्रतिनिधिसँग पनि भेट गर्नेछन्।

भ्रमणको दोस्रो कार्यक्रमअन्तर्गत मन्त्री ज्ञवाली आगामी बुधबार नेपाल र सर्बियाबीचको कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बेल्ग्रेड पुग्नेछन्। सर्बियामा उनले उपप्रधान तथा परराष्ट्रमन्त्री लिभिकाडासिससँग दुई पक्षीय भेट गर्ने कार्यक्रम छ।

उनले त्यहाँको उच्चस्तरीय नेतृत्वसँग पनि शिष्टाचार भेट गर्ने जनाइएको छ। नेपाली प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवालीसहित परराष्ट्रसचिव शंकरदास बैरागी, रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेलगायत अन्य सरकारी अधिकारीहरू रहने जनाइएको छ। साताव्यापी भ्रमण सकेर मन्त्री मन्त्री ज्ञवालीसहितको प्रतिनिधिमण्डल १४ मंसिरमा स्वदेश फर्किनेछ।

प्रकाशित: ६ मंसिर २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App