१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सबैलाई मान्य हुनेगरी संक्रमणकालीन न्याय टुंग्याउँछौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता पुष्पकमल दाहाल। फाइल तस्बिर:नागिरक

काठमाडौं – प्रमुख राजनीतिक दल नेताहरूले संक्रमणकालीन न्याय टुंगो लगाउन ढिलाइ भएको स्वीकार गर्दै छिटो निष्कर्षमा पु-याउने प्रतिबद्धता जनाएका छन्। विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुरा भएको अवसरमा बिहीबार द्वन्द्वपीडित साझा चौतारीले राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी नेताहरूले संक्रमणकालीन न्याय छिटो निष्कर्षमा पु-याउने बताएका हुन्।

सबैलाई न्याय हुनेगरी संक्रमणकालीन न्याय निष्कर्षमा पु-याउने धारणा राख्दै सहभागी दलका नेताहरूले त्यसको अग्रसरता लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता पुष्पकमल दाहाललाई आग्रह गरे। बिँड तातेर मात्र शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्न नसक्ने धारणा सहभागी नेताहरूले ताप्के नै तात्नुपर्ने भन्दै दाहाललाई सक्रिय हुन आग्रह गरे।

तत्कालीन नेकपा माओवादीका अध्यक्षसमेत रहेका दाहालले सबैलाई न्याय हुनेगरी शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पु-याउन सक्रिय हुने प्रतिबद्धता जनाए।

मैले त मरेपछि पनि सुख पाउने देखिएको छैन। तपाईंहरू ढुक्क हुनुहोस् म तातेँ अब संक्रमणकालीन न्याय छिट्टै टुंगोमा पु-याउँछु : दाहाल

द्वन्द्वकालका सबै घटनामा माफी हुनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट गर्दै दाहालले क्षमा गर र बिर्स भन्ने अवधारणामा अन्तरिम संविधानमा नै व्यवस्था गर्ने चर्चा भए पनि आफूले नै आयोगहरु बनाएर मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा माफी हुनसक्दैन भनेको सुनाए। ‘हामीले ब्लांकेट एमनेस्टीको कुरा गरेका छैनौं। गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियााई परिपक्व ढंगले पूरा गर्न सकिन्छ भन्ने मै हुँ,’ दाहालले विगतको स्मरण गर्दै भने, ‘तपाईंहरू ढुक्क हुनुहोस् म ताते संक्रमणकालीन छिट्टै टुंगोमा पु-याउँछु।’

शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा नपु-याई आफू मरे पनि पनि सुख नपाउने देखिएको सुनाउँदै दाहालले तत्कालीन माओवादीले सञ्चालन गरेको दस वर्षे जनयुद्ध इतिहास भएको पनि बताए। ‘मैले त मरेपछि पनि सुख पाउने देखिएको छैन, दाहालले भने, ‘दोषी ठहर भए कारबाही भोग्न तयार रहन्छु।’

आयोगमा पदाधिकारी नियुक्त गर्दा सबै नयाँ नै गर्नुपर्ने मान्यतामा आफू रहेको भन्दै दाहालले भने, ‘म चाहिँ सुरुदेखि नै आयोगमा पुराना मान्छे राख्न हुँदैन भन्ने मान्छे हुँ। अहिले पुराना नै राख्नुपर्छ भन्ने विषय टुंगिएको छैन र सबै नयाँ नै राख्ने हो भन्नेमा पनि हामी गएका छैनौं।’

सर्वोच्चको फैसलााई सम्मान गरेर विधेयक संशोधनको तयारी भइरहेको भन्दै उनले भने, ‘यसमा हामी प्रष्ट छौं र ड्राफ्ट तयार छ। अब समय आयो, यसलाई टुंग्याइदिऊँ।’

कार्यक्रममा सहभागी नेकपाका अर्का नेता माधवकुुुुुुुुमार नेपालले संक्रमणकालीन न्याय छिटो टुंगोमा पु-याउनु पर्ने धारणा राखे। ‘यस प्रक्रियालाई निश्कर्षमा पु-याउन तँपाई ताप्के हो, तात्नुस, म सहयोग गर्न तयार छु,’ नेता नेपालले भने, ‘उहाँले द्वन्द्वको अन्तिम चरणको कामलाई छिटो टुंग्याउँदा नै मुलुकको हित हुनेछ।’

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले द्वन्द्वकालीन समस्या समाधान गर्नु दलहरुको मात्र नभई राष्ट्रको सामूहिक दायित्व भएको बताए। सामूहिक प्रयास र प्रत्यन्तबाट शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पु¥याउनुपर्ने धारणा राख्दै सिटौलाले भने, ‘मुलुकमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि दल क्रियाशील र एकजुट भएजस्तै सबैले मिलेर द्वन्द्वको पीडा समाधान गर्नुपर्छ।’

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भए पनि अहिलेसम्म उक्त विषय टुंगोमा पुग्न नसकेको भन्दै पीडीतहरूले कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७६ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App