१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले विशेष सम्बोधन गरी मन्त्रीहरुलाई निर्देशन दिने

फाइल फोटाे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई विशेष निर्देशन दिने भएका छन्। बिहिबार सिंहदरबारमा साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी विशेष निर्देशन दिने भएका हुन्।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद पुनगर्ठन गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई नियुक्ति गरेकी थिइन्।

रामेश्वर राय यादवले श्रममन्त्री, पार्वत गुरुङले महिला बालबालिका तथा समाजकल्याण, लेखराज भट्ट उद्योग, हृदयश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातले सपथ लिएका हुन्।

मोतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरले सहरी विकास राज्यमन्त्रीको सपथ लिएका हुन्। 

प्रकाशित: ५ मंसिर २०७६ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App