१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमावर्ती बजारमा लागुऔषध र अपराध साझा समस्या

बर्दिया- मधुवन नगरपालिका सानोश्री बजारकी मनु भण्डारीले सीमावर्ती बजारमा देखिएका समस्याका बारे एक अन्तर्क्रियामा लामो सूची प्रस्तुत गरिन्। समस्याका लामो सूची  प्रस्तुत गर्ने क्रममा लागु औषध र अपराध स्थानीय साझा समस्या भएको उनले बताईन्।

सीमावर्ती बजार भएकै कारण यूवा लागु औषध दुरव्यसनिमा फसेको र त्यहि कारणले समाज असुरक्षित बन्दै गएकाले लागु औषध समस्या साझा भएको उनले उल्लेख गरिन्। कानुनी जटिलताका कारण प्रहरीलाई दिएको गोप्य जानकारी अदालतको फैसलासँगै गोप्य नरहँदा त्रासमा बाँच्नु परेको  उनले बताईन।

यस्तै कार्यक्रममका अर्का सहभागी जित बहादुर साहले खुला सीमाना कै कारण लागुऔषध र अपराध परिपुरक बनिरहेको गुनासो गरे। पुरुष लागु औषधमा फस्ने महिलाले बिहान साझको हात मुख जोर्न पनि सीमाबाट अबैध मालसामान ओसार पसार संलग्न भईरहेको समेत उनले खुलाए। सामुदायिक प्रहरीले आयोजना गरेको कार्यक्रममा अधिकांश वक्ताले सीमावर्तीमा लागु औषध र अपराध साझा समस्या भएको धारणा राखे।

 यति बेला प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको नेतृत्वमा हुने कार्यक्रममा समुदायको उल्लेख्य सहभागिता गराएर  प्रश्न सुन्ने र उत्तर दिने गरी कार्यक्रम संञ्चालन भईरहेको छ। मधुवन नगरपालिका हलमा दर्जनौ समस्याका जिज्ञाशा मेटाउँदै प्रजिअ लामिछानेले सीमावर्ती बजार उत्पन्न शान्ती सुरक्षाका विषयमा गम्भिर रुपमा लिएको भन्दै आश्वस्त पारे। समुदायको जिज्ञाशालाई सम्बोधन गर्दै समुदायले प्रहरीसँग साझेदारी गरे मात्र यस्ता समस्या समाधान हुने उनले धारणा राखे। 

प्रजिअ लामिछानेले समस्याको सहजिकरणका लागि गुनासो संकलन गरिरहेको बताए। ‘यो केन्द्रमा निर्देशित कार्यक्रम हो’उनले भने,‘सर्वसाधरण गुनासो सुन्ने र समस्या समाधानको कार्यान्वयन गर्ने हाम्रो उदेश्य हो।’

प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल भन्ने कार्यक्रममा सरकारी वलिक  दशरथ गौतम कानुनी अज्ञानतको बारेमा राखिएको जिज्ञाशाको सम्बोधन गर्दै अपराधीलाई जेल पठाउन घटना मुचुल्का बनाउँदा देखि नै समुदायको खाँचो रहेको औल्याए। ‘सहि र तथ्य प्रमाण नहुँदा अपराधी छुट्न सक्छ’उनले भने,‘समुदायले घटना मुचुल्का तयार गर्दादेखी घटनाको अनुसन्धान गर्दा समेत समुदायको भूमिका अपरिहार्य हुन्छ।’ यस्तै,कार्यक्रममा अन्य प्रहरीसँग सम्बन्धित बिषयमा डिएसपि रामशंकर कोहरले जिज्ञाशाको सम्बोधन गरेका थिए। कार्यक्रममा नागरिक समाजका अगुवा,जनप्रतिनिधि,व्यबसायी र सर्वसाधरण सहभागीता थियो।

प्रकाशित: ५ मंसिर २०७६ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App