१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमती आवश्यकः प्रधानमन्त्री

दार्चुला तथा बैतडीका पार्टी कार्यकर्ता तथा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल।

बलाच (दार्चुला)– प्रधानमन्त्री पुष्पकमल दाहालले  संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमती  आवश्यक रहेकाले सहमतीको प्रयासमा रहेको बताएका छन्। संविधान कार्यान्वयन प्रक्रियाबाट देशलाई निर्वाचनमा लैजाने जमर्को सरकारले गरिरहेको बताउँदै प्रचण्डले निर्वाचनको सकारात्मक वातावरण बनाउनका लागि सरकारले मधेसी, थारु र जनजातीलाई समेट्न संशोधन प्रस्ताव दर्ता गरेको र त्यसमा राष्ट्रिय सहमती जुटाउने प्रयासमा आफू  निरन्तर लागिरहेको बताए।

नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलामा निर्माणाधिन अवस्थामा रहेको चमेलिया जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणका लागि दार्चुला  पुगेका प्रधानमन्त्री दाहालले अब छिट्टै निर्माण कार्य सम्पन्न हुने विश्वास सहित दार्चुलाको समग्र विकासका लागि दार्चुलाका राजनैतिक दालहरुको तर्फबाट संयुक्त रुपमा राखिएका मागहरुको समेत यथाशिघ्र सम्बोधन गर्न तत्काल पहल गर्ने बताए ।

दार्चुला भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका प्रमुख दलका नेताहरुसँग छलफल गरी  यहाँको विकास तथा अवस्थाको बारेमा जानकारी लिई संयुक्त ज्ञापनपत्र ग्रहण गरेका थिए ।  संविधानको कार्यान्वयन तथा  देशलाई निकास दिन  संशोधन प्रस्तावलाई पारित गरेर त्यसमा सहमती जुटाएरै परिमार्जन गर्ने र पारित गरेर निर्वाचन तिर जाने उनको भनाइ छ। राजधानी  गएर सबै राजतीतिक दलका नेतासित छलफल गरी निर्वाचनको मिति घोषणा गरिने प्रधानमन्त्रीले बताए।

स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरिरहेको समेत उनले बताए। दार्चुलाको विकासका लागी सरकारले यहाँका राजनैतिक दल तथा प्रशासनिक स्तरबाट गरिएका सिफारिस सकिने जती तल्काल पहल गर्ने प्रतिवद्धतासमेत जनाएका छन्। दार्चुला तथा बैतडीका पार्टी कार्यकर्ता तथा स्थानीयलाई संक्षिप्त  सम्बोधन गर्दै प्रचण्डले अव छिट्टै पार्टीको महाधिवेशन  हुने भएकाले आ आफ्नो स्तरमा त्यसको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।

 

प्रकाशित: २३ मंसिर २०७३ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App