१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यवसायीलाई मात्र दोषी करार नगरौंः ठेकेदार

काठमाडौं– निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै राजधानी काठमाडौंमा प्रर्दशन गरेका छन्। 

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दे निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो।

सार्वजनिक खरिद आठौ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससंग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन्।

ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश पोखे। पछिल्लो समय काम नगर्ने ठेकेदारहरुको पोष्टर जनस्तरबाटै सार्वजानिक हुन थालेपछि निर्माण व्यवसायीको उक्त धारण आएको हो।

सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौता अनुसारको कानुनी कारवाही भोग्न आफुहरु तयार रहेको पनि उनीहरुले बताए।

व्यवसायीहरु माईतीघर मण्डलादेखि थापाथली त्रिपुरेश्वर हुदै युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए। बुधबार र विहीबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। 

प्रकाशित: ४ मंसिर २०७६ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App