१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रियंका धेरै खोजिने बलिउड सेलिब्रेटी

मुम्बई – अभिनेत्री प्रियंका चोपडा इन्टरनेटमा सबभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटीको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै सिम्रस नामक संस्थाले संसारभर भारतीय कलाकारको लोकप्रियतामाथि गरेको अध्ययनअनुसार अभिनेत्री चोपडा अग्रपंक्तिमा परेकी हुन्।

सो संस्थाले सन् २०१८ को अक्टोबरदेखि यो वर्षको अक्टोबरसम्म संसारभरबाट संकलन गरेको तथ्यांकअनुसार अभिनेत्री चोपडा इन्टरनेटमा सबभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटीको सूचीको शीर्ष स्थानमा परेकी थिइन्। अभिनेत्री चोपडालाई पछ्याउँदै सो सूचीमा क्रमशः बलिउड अभिनेता सलमान खान, शाहरुख खान, अमरिश पुरी, दीपिका पादुकोण र सन्नी लियोनी परेका छन्।

यो वर्षको अक्टोबरमा अभिनेत्री चोपडा र सलमान खान क्रमश ः २० लाख ७४ हजार र एक लाख ८३ हजार पटक संसारभर खोजिएको थियो। गत वर्षको डिसेम्बरमा अभिनेत्री चोपडालाई संसारभरका इन्टरनेट प्रयोगकर्ताले सर्वाधिक रुपमा इन्टरनेटमा खोजी गरेका थिए। सो महिना उनलाई १ करोड ३० लाखभन्दा बढी पटक इन्टरनेटमा खोजिएको थियो। त्यस्तै, अभिनेता सलमान खानलाई मासिक रुपमा २० लाख ७४ हजार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा औसत रुपमा खोज्ने गरेका थिए।

मासिक रुपमा इन्टरनेटमा खोजिने सूचीमा भने अभिनेत्री चोपडालाई ४० लाखभन्दा बढी पटक खोजिएको थियो। जबकी औसतमा अभिनेता सलमान खानलाई २० लाख पटक मासिक रुपमा इन्टरनेटमा खोजिएको थियो। सो तथ्यांकअनुसार अमरिश पुरी र शाहरुख खानलाई औसतमा १० लाख ७ हजार इन्टरनेटमा खोजिने गरिन्छ।

यो सूचीमा औसतमा मासिक रुपमा खोजिने अभिनेत्रीको रुपमा सन्नी लियोनी र दीपिका पादुकोण परेका छन्। उनीहरुलाई क्रमश ३० लाख र १० लाख ८ हजारले मासिक औसतमा इन्टरनेटमा खोजेका थिए। उनीहरुलाई पछ्याउँदै क्याट्रिना कैफ, आलिया भट्ट, इमरान खान र रणवीर सिंहलाई इन्टरनेटमा खोजिएको थियो। प्रख्यात अभिनेत्री मधुबाला सो सूचीमा १० लाख तीन हजार पटक खोजिएसँगै छैठौं स्थानमा परेकी छन् भने अमिताभ बच्चन सूचीको सातौं स्थानमा परेका छन्।

‘संसारभर बलिउड अभिनेता सलमान खान चर्चित छन् भन्ने मान्यता थियो। यो रिपोर्टले त्यो मान्यतालाई गलत साबित गरिदिएको छ। सबैले प्रतिभा भएका कलाकारलाई मनपराउँदा रहेछन्। मधुबाला र अमरिश पुरीजस्ता प्रतिभाशाली कलाकारको खोजी संसारभर गरिने रहेछ, सिम्रसका प्रवक्ता फर्नान्डो एंगुलोले भने।

प्रकाशित: ४ मंसिर २०७६ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App