१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेससँग गहिरो प्रेम छ : दाहाल

बुटवल – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मधेससँग आफनो गहिरो लभ परेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासीमा मंगलबार व्यापार मेलाको उदघाटन गर्दै उनले मधेससँग आफनो झनझन् गहिरो लभ परेको बताएका हुन्। दाहाल बोल्नुअघिका वक्ताले दाहाललाई मधेसलाइ हेला गरेको टाढिँदै गएको र डिर्भोस नै गर्न खोजेको भन्ने टिप्पणी गरेकोमा दाहालले मधेसकै लागि संविधान संसोधन गर्न आफू तयार रहेको बताए।

त्यस्तै भैरहवामा आयोजित कार्यक्रममा उनले पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न आवश्यक नरहेको बताएका छन्। उद्योग व्यापार संगठन रूपन्देहीको आयोजानामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव उद्घाटन गर्दै उनले प्रदेश ५ का नागरिकलाई सबैभन्दा बढी सुविधा र सहजता जहाँ हुन्छ त्यही राजधानी तोकिने बताए।

‘प्रदेश गठन भएको यति समय हुँदा पनि प्रदेश ५ को स्थायी राजधानी र नामाकरण नतोक्दा अन्योल छाएको छ। तर, राजधानी पूरानै सहरमा भन्दा नयाँ स्थानमा बनाउँदा विकास हुने भएकोले यो विषय अहिले पनि छलफल भइरहेको छ,’ दाहालले भने। पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न जरुरी छैन। ‘नयाँ ठाउँ’ मा राख्न सकिन्छ आफ्नो भनाइ गलत ढंगले नबुझिदिन आग्रद गर्दै उनले सबैले सहज हुने गरी राजधानी तोकिन्छ। यस्तै उनले भैरहवा (रूपन्देही) अवसर प्राप्त स्थान रहेको भन्दै यहाँ भइरहेको पूर्वाधार विकासले आगामी दिनमा अन्यलाई उछिन्नेगरी अघि बढ्ने बताए।

सरकारले उद्योगी व्यवासायीको अपेक्षाअनुसार वातावरण नबनाएको गुनासो आफूसमक्ष पुगेको भन्दै निजी क्षेत्रको विकासका लागि ऐन नियममा सुधार गरिने र पाँच वर्षभित्र उद्योगीको अपेक्षाअनुसार काम हुने बताए।

नेकपाका नेता एवं सांसद घनश्याम भुसालले विकासका लागि भारतसगँ सम्बन्ध राम्रो बनाउन आवश्यक रहेको बताए। उनले भारतले कालापानी दाबी गरेर खडा भएको चुनौतीका लागि सबै एकै ठाउँमा उभिएर समाधान गर्न आवश्यक रहेको बताए। ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रि औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ संगठन रुपन्देहीले मंसिर ३ गते देखी १६ गतेसम्म पाँचौं पटक महोत्सव आयोजना गरेको छ।

‘लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० सन्दर्भलाई जोडेर सहयोग गर्ने हेतुले महोत्सवको आकर्षणको रूपमा मायादेवी मन्दिर र पशुपतिनाथ मन्दिर (मेला सचिवालय)को आकृति निर्माण भएको छ।

मायादेवी मन्दिरको आकृति निर्माण गरी त्यसभित्र प्रदेश ५ का विभिन्न पर्यटकीय स्थलको आकृति पनि निर्माण गरिएको छ। चार सय स्टल रहेको मेलामा कृषि, उद्योग व्यापार, अटो, तयारी पोशाक, छाला जुता, सूचना प्रविधि, रेष्टुरेन्ट, खाद्य, स्थानीय उत्पादन, बैंक तथा वित्तीयलगायत रहेका छन्।

हरेक क्षेत्रलाई अगाडि सार्ने उद्देश्यले महोत्सवमा खेललाई पनि प्रथमिकतामा राखिएको छ। लोप हुन लागेको कुस्ती, तेक्वान्दो, र ब्याडमिन्टन खेल समावेश गरिएको आयोजकले जानकारी दिइएका छन्। १ करोड १४ लाख अनुमानित खर्च गरी स्थानिय र बाह्य गरी ३ लाख अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित सुरु भएको महोत्सवमा स्थानीय उत्पादनका सयवटा र कृषि उपजका ५० वटा स्टल राखिएको छ।

यस वर्षदेखि मेलामा पहिलो पटक सार्वजनिक विदाका दिन र शनिबार बाहेकका दिन बिहान ९ बजे देखि ११ बजे सम्म २ घण्टा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। प्रवेश शुल्क ७०, जसमा विद्यार्थीहरुका लागि ४० र समूहमा आउने विद्यार्थीहरुको लागि ३० रुपैंया टिकट दर तोकिएको छ भने त्यस्तै ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न आवश्यक नरहेको बताएका छन्। उद्योग व्यापार संगठन रूपन्देहीको आयोजानामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव उद्घाटन गर्दै उनले प्रदेश ५ का नागरिकलाई सबैभन्दा बढी सुविधा र सहजता जहाँ हुन्छ त्यही राजधानी तोकिने बताए।

‘प्रदेश गठन भएको यति समय हुँदा पनि प्रदेश ५ को स्थायी राजधानी र नामाकरण नतोक्दा अन्योल छाएको छ। तर, राजधानी पूरानै सहरमा भन्दा नयाँ स्थानमा बनाउँदा विकास हुने भएकोले यो विषय अहिले पनि छलफल भइरहेको छ,’ दाहालले भने। पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न जरुरी छैन। ‘नयाँ ठाउँ’ मा राख्न सकिन्छ आफ्नो भनाइ गलत ढंगले नबुझिदिन आग्रद गर्दै उनले सबैले सहज हुने गरी राजधानी तोकिन्छ। यस्तै उनले भैरहवा (रूपन्देही) अवसर प्राप्त स्थान रहेको भन्दै यहाँ भइरहेको पूर्वाधार विकासले आगामी दिनमा अन्यलाई उछिन्नेगरी अघि बढ्ने बताए।

सरकारले उद्योगी व्यवासायीको अपेक्षाअनुसार वातावरण नबनाएको गुनासो आफूसमक्ष पुगेको भन्दै निजी क्षेत्रको विकासका लागि ऐन नियममा सुधार गरिने र पाँच वर्षभित्र उद्योगीको अपेक्षाअनुसार काम हुने बताए।

नेकपाका नेता एवं सांसद घनश्याम भुसालले विकासका लागि भारतसगँ सम्बन्ध राम्रो बनाउन आवश्यक रहेको बताए। उनले भारतले कालापानी दाबी गरेर खडा भएको चुनौतीका लागि सबै एकै ठाउँमा उभिएर समाधान गर्न आवश्यक रहेको बताए। ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रि औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ संगठन रुपन्देहीले मंसिर ३ गते देखी १६ गतेसम्म पाँचौं पटक महोत्सव आयोजना गरेको छ।

‘लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० सन्दर्भलाई जोडेर सहयोग गर्ने हेतुले महोत्सवको आकर्षणको रूपमा मायादेवी मन्दिर र पशुपतिनाथ मन्दिर (मेला सचिवालय)को आकृति निर्माण भएको छ। मायादेवी मन्दिरको आकृति निर्माण गरी त्यसभित्र प्रदेश ५ का विभिन्न पर्यटकीय स्थलको आकृति पनि निर्माण गरिएको छ। चार सय स्टल रहेको मेलामा कृषि, उद्योग व्यापार, अटो, तयारी पोशाक, छाला जुता, सूचना प्रविधि, रेष्टुरेन्ट, खाद्य, स्थानीय उत्पादन, बैंक तथा वित्तीयलगायत रहेका छन्।

हरेक क्षेत्रलाई अगाडि सार्ने उद्देश्यले महोत्सवमा खेललाई पनि प्रथमिकतामा राखिएको छ। लोप हुन लागेको कुस्ती, तेक्वान्दो, र ब्याडमिन्टन खेल समावेश गरिएको आयोजकले जानकारी दिइएका छन्। १ करोड १४ लाख अनुमानित खर्च गरी स्थानिय र बाह्य गरी ३ लाख अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित सुरु भएको महोत्सवमा स्थानीय उत्पादनका सयवटा र कृषि उपजका ५० वटा स्टल राखिएको छ।

यस वर्षदेखि मेलामा पहिलो पटक सार्वजनिक विदाका दिन र शनिबार बाहेकका दिन बिहान ९ बजे देखि ११ बजे सम्म २ घण्टा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। प्रवेश शुल्क ७०, जसमा विद्यार्थीहरुका लागि ४० र समूहमा आउने विद्यार्थीहरुको लागि ३० रुपैंया टिकट दर तोकिएको छ भने त्यस्तै ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App