१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तेस्रो तलाबाट खसेर मृत्यु

टीकापुर – कैलालीको लम्कीमा गएराति एक व्यक्तिको घरको छतबाट खसेर मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका, पस्तीका अन्दाजी ४५ वर्षका दयाकृष्ण पन्त रहेका छन।

उनी लम्की चौराहा नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंक भएको घरको तेस्रो तलाबाट खसेको ईलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिए। उनी सोही बैंकमा कार्यालय सहयोगी पदमा करारमा कार्यरत रहेको बताईएको छ।

प्रहरीका अनुसार उनी बैंक रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए। उनी राति करिव ९ बजेतिर छतबाट खसेको बताएको छ। छतबाट खसेर घाईते भएका पन्तलाई सोही बैंकका सुरक्षागार्ड र प्रहरीले उपचारका लागि स्थानीय लालरत्न अस्पतालमा पु¥याएका थिए।

सो अस्पतालमा उपचार हुन नसकेपछि घाइते पन्तलाई थप उपचारका लागि टीकापुर अस्पताल रिफर गरिएको थियो। उनको टीकापुर अस्पताल पु¥याउन नपाउँदै मृत्यु भएको प्रहरी निरिक्षक चन्दले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७६ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App