१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया रग्बीमा टंकलाल निर्वाचित

काठमाडौं – नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ एसिया रग्बीको सदस्यमा निर्वाचित भएका छन्।

इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न निर्वाचनबाट घिसिङ एसिया रग्बीको कार्यकारी सदस्यमा चयन भएको नेपाल रग्बी संघका सचिव गोविन्दबहादुर घिमिरेले जानकारी दिए। ११ जनाको कार्यसमितिमा अध्यक्ष र दुई सदस्य गरी पाँच जनाको पद रिक्त थियो। कार्यसमितिको दुई सदस्यमा नेपाल र इन्डोनेसियाले बाजी मारेका हुन्।

दुई सदस्य पदका लागि चार राष्ट्रका चार जनाले दाबेदारी प्रस्तुत गरेका थिए। यद्यपि, नेपालका घिसिङसहित गुन्डो गाम्बिरो मात्र निर्वाचित भए। एसिया रग्बीको अध्यक्षमा युएईका कैस अल धलाईले जापानका प्रतिद्वन्द्वी युची युनोलाई पछि पारे। पाकिस्तानका फावजी खावाजा पुनः उपाध्यक्षमा निर्वाचित भए। सोही पदमा मलेसियाका भालेयुथान तानले पहिलो पटक जिम्मेवारी पाए।

कोषाध्यक्षमा हङकङका माइक हाइनेस र विश्व रग्बी काउन्सिलको सदस्यमा सिंगापुरका टेरेन्स खो निर्वाचित भएका छन्। इन्डोनेसियाका बालीमा सम्पन्न निर्वाचनमा कुल २८ राष्ट्रले मतदान गरेका थिए। नेपालले गत वर्ष मात्रै एसिया रग्बीको पूर्ण सदस्यता लिएको थियोे भने सन् २०१४ मा एसोसियटे सदस्यता पाएको थियो।
 
 

प्रकाशित: २ मंसिर २०७६ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App