१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याद सकिन लाग्दा काम २५ प्रतिशतमात्र

दमक – झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्नुपर्ने समय सकिन करिब दुई महिनाबाँकी छ। निर्माणको कामभने २५ प्रतिशतपनि सकिएको छैन।

सडक निर्माण समयमा नभएकाले सडकको नालामा एक जनाको डुबेर ज्यान गयो। निर्माणाधीन बिर्तामोड–भद्रपुर सडक खण्डको नालीमा डुबेर एक महिलाको मृत्यु भएको हो। बिर्तामोड १० की ६७ वर्षीयf सुमित्रा राईको नालीमा डुबेर ज्यान गएकाे हो। भदौ ५ माउनको मृत्यु भयो। सडक निर्माणमा दबाब दिँदै सडकमै धान समेत रोपे। बिर्तामोड उद्योग वाणिज्य संघले आन्दोलननै सडकमा ग-यो। तर अहिलेसम्म सडक निर्माणले गतिलिएको छैन।

सडक निर्माणमा दबाब दिने मध्येका सन्तोष अग्रवालले भने, ‘सडकको यो दुर्दशा छ। हरेक दिनधुलो खाएर बस्नुपरेको छ। न व्यापार हुन्छ न सडक बन्छ।’ उनकाअनुसार हरेक पटक माग राख्दै पुगेपनि सडक निर्माण सुस्त छ। सडकमा हिँड्ने बटुवादेखि लिएर व्यवसायी आजित छन्।

बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेन बनाउन सुरु गरेको १४ महिना बित्यो। सडक निर्माण गतअसोजभित्रै सक्नुपथ्र्यो।तर म्यादथप गरेर पुस मसान्त पु-याइएको छ। अहिलेसम्म सडकको दुवैतर्फ नालीसमेत बनाइएको छैन। ‘दुई महिनाभन्दाकम समय बाँकीहुँदासडकको काम २५ प्रतिशतसकिएको छैन,’निरन्तर सडक निर्माणको खबरदारी गरिरहेका सञ्चारकर्मी गणेश पोखरेलले भने, ‘सडककै कारण मान्छेको ज्यानगइसक्दापनिकोही संवेदनशील देखिएन।’

सडकछेउमा व्यापार गर्ने र घर भएकाहरु यो समस्याबाट आजित छन्। बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले सडककै कारण व्यवसाय संकटमा परेको बताए। ‘बाटोमा हिँडिसाध्ये छैन, ग्राहक त झनै आउननसक्ने अवस्थाछ,’ उनले भने, सरकारलेसमेत समन्वयगर्नुपर्ने हो, तर अहिलेसम्मप्रगतिहुन छैन।

ललितपुरको आशिष–प्रेरा जेभीले बिजुलीकापोल हटायो।केहीहोचा ठाउँमा कल्र्भट बनायो।‘त्यसबाहेक अरु कामभएकै छैन। अबको दुईमहिनाभित्रकाम सम्पन्नहुने सम्भावना नै छैन,’ स्थानीयभीम खरेलले भने, ‘सडक निर्माणका लागिजथाभावीखनिएका खाल्डाले यात्रामा समस्यापारिरहेको छ।’ उनकाअनुसार निर्माणको जिम्मालिएको कम्पनीले काम अघि बढाएकै छैन्।

बिर्तामोडबाट भद्रपुर जाने चारकिलोमिटर सडकचार लेनको बनाउन २७ करोड रुपैयाँविनियोजन गरिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माण कम्पनीले अघिल्लो वर्षको असोजमा काम थालेको थियो। डिभिजन प्रमुख श्यामकुमार यादवले निर्माणको कामलाई तीव्र पार्न निर्देशन दिए पनि काम अघि नबढेको बताए। तीनवर्षअघि नै सडक निर्माणको ठेक्का लागेको थियो। तर,निर्माण कम्पनीले काम नगरेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउनु परेको हो।

प्रमुख यादवका अनुसार २.८ किलोमिटर सडक १६ मिटर चौडाइ, एक मिटर नाली र फुटपाथसहित २३ मिटर चौडाबनाउनुपर्नेछ। बाँकी सडक सात मिटर चौडा र दुई लेनमापदण्डमा बन्नेछ। पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर सडक निर्माण गर्न ठेकेदारले जिम्मालिएको छ। निर्माण कम्पनीले २०७६ असोज ६ गतेसम्मनिर्माण सम्पन्नगर्नुपर्ने थियो। तर बिजुलीपोल सार्न समस्याभएकाले निर्माणको काम अघि बढ्न नसकेको भनेर पुस मसान्त सम्म म्यादथपिएको छ।

सडकमा बुझाएको कार्ययोजना स्थानीय उपभोक्तालाई उपलब्ध गराउनपनि सडक र ठेकेदारले आनाकानीगर्ने गरेका छन्। ‘कार्ययोजना संशोधनहुने गरेको छ,’ डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘कामहुँदैछ, ठेक्कामातोकिएकाकुनै काम समयमा हुन्छ, कुनै ढिलो हुन्छ, त्यसैले कार्ययोजना परिवर्तन भइरहन्छ।’

ठेकेदारले भने बिर्तामोडको मेचीआँखा अस्पतालअगाडि चार लेनको बनाउन ठेक्काथपभएकाले समय पनिथपहुने बताएका छन्। ठेकेदारलाई उद्धृत गर्दै बिर्तामोड–४ कावडाअध्यक्ष कुलप्रसाद संग्रौलाले भने, ‘सबै बाटो चार लेनको बनाउने प्रधानमन्त्री केपीशर्मा ओलीको निर्देशनकाम समयमानगर्न बहानाबनेको छ।’ ठेकेदार समय थपिन्छ भनेर ढुक्क छन्। २७ करोड रुपैयाँको योजनामाकामगर्ने मान्छेको संख्या एक दर्जन पनि छैन।

प्रकाशित: २ मंसिर २०७६ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App