१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पूर्वाधार अन्तिम चरणमा : मन्त्री विक

पोखरा - युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पूर्वाधार निर्माण अन्तिम चरणमा रहेकाले साग हुँदैन भनेर टीकाटिप्पणी गर्न नहुने जिकिर गरेका छन्। पोखरा रंगशालाभित्र निर्माणाधीन पूर्वाधार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुई साताभित्र तयार भइसक्ने दाबी गरे। ‘निर्माण कम्पनीले दुई साताभित्रमा मैदान तयार हुने प्रतिबद्धता व्यक्त गरेको छ, ’ उनले भने, ‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ। ढुक्क हुनुहोस्।’ भौतिक पूवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाइ थियो।

उनले पूर्वाधारले रोकिने सम्भावना नरहेको दोहो¥याउँदै निर्धारित खेलतालिकाअनुसार नै प्रतियोगिता सुरु हुने दाबी गरे। ‘पूर्वाधारले रोकिँदैन। एक साताभित्र सबै काम टुग्ंयाउने  तरिकाले काम भइरहेको छ,’ उनले भने, ‘नेपालको साख जोगिने गरी तयारी गरिएको छ।’ मन्त्री विकले विगतमा नेपालले घरेलुमा भूमिमा उपलब्ध साखलाई जोगाउनेतर्फ बढी ध्यान केन्द्रित भएको बताए। मन्त्री विकले बजेटले गर्दा काम रोकिने अवस्था सृजना नहुने स्पष्ट पारे। उनले काम गर्दै जाने र बजेट निकासा हुँदै जाने प्रस्ट्याए।

अझै २५ हजार स्क्वायर फिट दुबो आउँदै छ। दुबो उम्रिन समय लाग्दा महिला फुटबल हुने सम्भावना क्षीण देखिएको छ। ह्यान्डबलका लागि आवश्यक म्याट पनि आइपुगेको छैन। बिच भलिबलको तयारी पनि उस्तै गतिमा छ। ब्याडमिन्टनका लागि आवश्यक म्याट आइपुगेको छैन। क्रिकेट मैदानको आउटफिल्ड उबडखाबड छ।

मन्त्री विकले साग देशकै प्रतिष्ठाको विषय भएको उल्लेख गरिरहँदा पोखरा रंगशालास्थित फुटबल मैदानको अवस्था भने चिन्ताजनक छ। दुबोकै समस्याले मैदानले अझै पूर्णता पाउन सकेको छैन्। अझै २५ हजार स्क्वायर फिट दुबो आउँदै छ। दुबो उम्रिन समय लाग्दा महिला फुटबल हुने सम्भावना क्षीण देखिएको छ। निर्माण कम्पनी पनि महिला फुटबलको  मैदान तयार गर्न रातदिन खटिरहेको छ। ‘दुबो भन्सारमा आइपुगेको छ। आइतबार या सोमबार पोखरा आइपुग्छ,’ भारतीय कम्पनी ग्रेट स्पोटर््स एन्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजर दीपक बरालले भने, ‘मरेको ठाउँमा रिप्लेस गर्नको लागि मगाइएको हो।’

ह्यान्डबलका लागि आवश्यक म्याट पनि आइपुगेको छैन। बिच भलिबलको तयारी पनि उस्तै गतिमा छ। ब्याडमिन्टनका लागि आवश्यक म्याट आइपुगेको छैन। क्रिकेट मैदानको आउटफिल्ड उबडखाबड छ। त्यो पनि तयारी गर्नुपर्ने खाँचो छ। आर्चरीको खेलमैदानमा पनि माटो भरेर सम्याउने काम मात्रै भएको छ। प्रशिक्षणको लागि वैकल्पिक मैदान तयार भइसकेको छैन। धुलो उड्ने सम्भावना औंल्याइसकिएको छ। त्यसतर्फ पनि गम्भीर बन्नैपर्ने छ।

पूर्वाधार अझै अन्धाधुन्ध छ। ठ्याक्कै तयारी अवस्थामा कुनै पनि खेलस्थल बनिसकेको छैन्। ट्रायथोलनका लागि चेन्जिङ रुम र शौचालय कहाँनेर बनाउने भन्ने ठम्याइ भइसकेको छैन। महिला फुटबलका लागि लागि चेन्जिङ रुम नै बनेको छैन। क्रिकेटको समस्या पनि उस्तै छ। समय केवल दुई साता मात्रै बाँकी रहँदा सबै पूर्वाधार पूरा गर्नुपर्ने चुनौतीका बीच साग आयोजना गर्ने जिम्मेवारी सरकारसँग छ।

प्रकाशित: १ मंसिर २०७६ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App