१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चरिकोट खाडीचौर सडक अलपत्र

दोलखा – सरकारी ताकेतालाई वेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण  चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक बिभाग, सडक बिस्तार आयोजना र जिल्लाका सरोकारवाला निकाय सहित जनप्रतिनिधिले  काममा फर्किन पटक पटक ताकेता गरेपनि दोश्रो खण्ड अन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन्।

‘बर्षात सकिएर मध्य हिउँद पुग्न लागिसक्यो’ आयोजनाका एक अधिकारीले भने – ‘तपाईकै कारण ठुलो क्षती पुगिसक्यो, काममा फर्किनुस भन्दा मान्दैनन’। ति अधिकारीका अनुसार राजधानीलाई दोलखा संग जोड्ने यो सडकमा चरम लापरवाहीको बिषयमा उच्च नेतृत्व तहबाट दबाब आउदा समेत निर्माण  कम्पनी फर्किने छाँटकाट देखाएको छैन।

सिन्धुपाल्चोकको खाडीचौर देखी दोलखा सदरमुकाम चरिकोट हुँदै पर्यटकीय नगरी जिरी सम्म स्विस सरकारले ४० बर्ष अघि बनाएको लामोसाँघु–जिरी सडकलाई बिस्तार गरेर दोहोरो लेनको बनाउने भन्दै सरकारले भारतिय एक्जीम बैंकको ऋण सहयोगमा ५ बर्ष अघि पहिलो चरणमा खाडीचौर बजार देखि चरिकोट सम्म ठेक्का लगाएको थियो।

दुई प्याकेजमा ठेक्का लागेको यो खण्डको पहिलो प्याकेज अन्तर्गत खाडीचौर देखि मुडेसम्म निर्माण गर्ने ठेकेदार कम्पनीले २५ मध्ये १३ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ। भारतिय ठेकेदार सहित दुई ओटा नेपाली ठेकेदारले साझेदारीमा लिएको यो ठेक्कामा नेपाली कम्पनी गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ। उसको काम समेत सुस्त छ।

यता दोश्रो प्याकेज अन्तर्गत मुडे देखी चरिकोट सम्मको ३० किलोमिटर खण्डमा भने ठेकेदार कम्पनीले बर्षात अघि नै काम छाडेर हिडेका कारण अलपत्र छ। एक भारतिय सहित दुई नेपाली कम्पनीले पाएको यो ठेक्कामा शंकर माली निर्माण सेवाले काम गरिरहेको छ।

पटक पटक ताकेता गर्दा समेत शंकर माली काममा नफर्किएको आयोजनाका प्रमुख दिप बाराहीले बताए। ‘काममा फर्किनुस भनेर ताकेता गरेको ग¥यै छु’ उनले भने – ‘अर्को साताबाट काम थाल्छु भनेका छन’। यो खण्डमा काम नहुँदा सबै भन्दा बढी अस्तव्यस्त छ। यहाँ सडक पूर्वाधारका थुप्रै काम बाँकी छन्। यो खण्डमा ढिलाई गरे वापत निर्माण कम्पनीले सडक बिभागलाई हर्जाना समेत तिरिरहेको बाराहीले जानकारी दिए।

ठेकेदारको ढिलासुस्तीले जिल्ला आउने सडक अलपत्र पर्दा दोलखामा आक्रोश बढ्दो छ। ‘५ बर्ष हुन लागिसक्यो सडक यसरी अस्तव्यस्त भएको’ चरिकोटका होटल व्यवसायी गणेश ठकुरीले भने – ‘पर्यटन, होट, व्यापार व्यवसाय सबैमा ठुलो घाटा छ’। उनले काम नगर्नेको ठेक्का तोडेर नयाँ र योग्य ठेकेदारलाई दिनुपर्ने बताए।

आयोजनाका अधिकारीहरुले ठेक्का तोड्दा, ठेकेदारले काम नगर्दा, प्रक्रिया पु¥याएर नयाँ ठेकेदार छनोट गर्दाको समय र झण्झटका कारण झन सडक बढी अलपत्र पर्छ भन्ने कुरामा आफुहरु सचेत रहेको सुनाए। ‘यो कम्पनीले कामै गरेन भने तोडेर कार्बाही गर्ने र नयाँ छनोट गर्ने प्रक्रियामा जानुको विकल्प छैन’ ति अधिकारीले भने – ‘तर त्यो अझ लामो प्रक्रिया हुने कारण सकभर यही मार्फत काम गराउने प्रयास गर्छौ, मान्दै नमाने त अब कार्बाही हुन्छ’। 

प्रकाशित: १ मंसिर २०७६ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App