१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आकाशियो प्याजको मूल्य, प्रतिकिलो दुई सय रुपैयाँ

अमरगढी- केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ। प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन्। सदरमुकाममा प्याज प्रतिकिलो  दुई सय रुपैयाँमा बिक्री भइरहेको छ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए। प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ। प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्कासी दुई सय रुपैयाँ पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताउँछिन्।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन्। भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App