१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुवाव गराउन संविधान संशोधन: भुसाल

भक्तपुर–नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नहुने दाबी गरेकी छन्। संशोधनपछि संविधान कार्यान्वयन समेत नहुने उनको जिकिर छ ।

रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा संशोधन प्रस्ताव पारितसँगै तोकिएकै समयमै निर्वाचन हुने उनले बताइन्। प्रतिगमनकारी र बाहिरी शक्तिको चलखेलकै कारण नेपाल र नेपालीले पाएको गणतन्त्र गुम्ने खतरामा यही कारण रहेको उनले बताइन्। भुसालले वर्तमान समयमा सफल संविधान कार्यान्वयनतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन्।

संविधान संशोधन प्रस्तावलाई लिएर भइरहेको आन्दोलन नेपाली जनतालाई राजनीतिज्ञले बुझाउन नसक्नु बिडम्बना रहेको उनको भनाइ छ। एमालेले आफ्नो भोट बैंकका रुपमा यसलाई प्रयोग गरिरहेको उनको टिप्पणी छ ।

 

प्रकाशित: २२ मंसिर २०७३ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App