१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नेपथ्य अस्ट्रेलिया जाँदै

काठमाडौं – लोक–रक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। त्यहाँ रहेका नेपालीको चाहना अनुरुप केही वर्षयता नेपथ्यले शृंखलाबद्ध प्रस्तुतिसहित यात्रा गर्दै आएको छ। सन् २००९ बाट सुरु भएको उसको यात्राको यो चौथो शृंखला हो। यसपटक नेपथ्यको भ्रमण टोलीमा ६ जना ब्यान्डका सदस्य र ६ जना नै प्राविधिक रहेका छन्। 

‘श्रोता दर्शकको अपार माया पाउँदै आएको अस्ट्रेलियामा यात्राको सबै तयारी सम्पन्न भएको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अस्ट्रेलियाका हरेक प्रस्तुतिलाई अविस्मरणीय बनाउने क्रममै पहिले प्रस्तुत नगरेका केही गीत यसपालि सुनाउने छौं।’ आफ्नो घर–परिवार र समाजभन्दा टाढा रहेका नेपालीलाई स्वदेशको माया पस्कने जानकारी पनि अमृतले दिए।

अमृतलाई यो यात्रामा पनि सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउनेछन्।

यसपालि क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेन (नोभेम्बर १९), डार्बिन (नोभेम्बर २२), एडिलेड (डिसेम्बर ३), होबार्ट (डिसेम्बर ८), सिड्नी (डिसेम्बर १४) र मेलवर्न (डिसेम्बर २३) मा नेपथ्यको सांगीतिक प्रस्तुति रहनेछ। ।

नेपथ्यको यस वर्षको यात्राको संयोजन ‘नेपाली टच’ नामक संस्थाले गर्न लागेको हो। आफ्नो प्रिय ब्यान्डले फेरि अस्ट्रेलियाको यात्रा गर्न थालेकामा त्यहाँस्थित नेपाली अत्यन्त खुसी रहेको ‘नेपाली टच’का दिपेश पुनले बताए।

प्रकाशित: ३० कार्तिक २०७६ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App