१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहाल अाउने भएपछि धनगढी तनाबग्रस्त, ७० जना पक्राउ

धनगढी— प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढी आउन लाग्दा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर आक्रोशपूर्ण प्रदर्शन गरेका छन्। भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै प्रधानमन्त्रीप्रति अाक्रोशित उनीहरुले सडक अवरुद्ध पारेका छन्।

भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै प्रधानमन्त्रीप्रति अाक्रोशित उनीहरुले सडक अवरुद्ध पारेका छन्।

दाहाल सुदूर पश्चिम महोत्सव उद्‌घाटनका लागि धनगढी आउन लागेका हुन्। एमालेको भातृ संगठन युवा संघ, अनेरास्ववियू तथा राष्ट्रिय जनमोर्चाका विद्यार्थी र युवा संगठनका नेता प्रदर्शनमा सहभागी छन्। सडकमा टायर बालेर आक्रोसपूर्ण प्रदर्शन भएपछि धनगढीको स्थिति तनाबपूर्ण बनेको छ।

अञ्चल प्रहरी कार्यालयको मैदानबाट प्रधानमन्त्री दाहालले महोत्सवको उद्‌घाटन गर्नेछन्। सो स्थानलाई प्रहरीले घेरा हालेर राखेका छन्। त्यसको बाहिरपट्टि सडकमा दाहालको विरोधमा प्रदर्शन भइरहेको छ। प्रधानमन्त्री दाहाल बोराडाँडीस्थित सैनिक ब्यारेकमा उत्रिएर करिब दुई किलोमिटर सडकमार्गबाट कार्यक्रमस्थल आइपुग्ने कार्यक्रम छ।

'सबै तहको सुरक्षा व्यवस्था कडा पारिएको छ। औपचारिक रुपमा निषेधित क्षेत्र घोषणा गरिएको छैन। कार्यक्रम वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ', प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकन्युजसँग भने, 'अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।'

भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइउने प्रधानमन्त्रीको विरोधमा उनको कार्यक्रम बहिष्कार गर्न लागेको एमाले नेताहरुले बताएका छन्। पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत दिने लगायतका प्रावधान राखेर संविधान सशंवधन गर्ने प्रयास भएपछि प्रमुख विपक्षी एमाले त्यसको विरोधमा छ। यसैबीच प्रधानमन्त्रीकाे विराेधमा प्रदर्शन उग्र भएपछि प्रहरीले ७० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे छ। उनीहरूलाई दूइ वटा भ्यानमा राखेर प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

प्रकाशित: २२ मंसिर २०७३ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App