१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपाध्यक्ष न्यौपाने माथि गोली प्रहार गरेको आरोपमा यादव पक्राउ

रुपन्देही- गोली प्रहार गरेको अभियोगमा रुपन्देही सिपवा–५ बस्ने ३५ वर्षीय बिरेन्द्र यादवलाई प्रहरीले कटुवा पेस्तोल १ थान ,सोको गोली १ राउण्ड र लु.२८ प १२६४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको छ।

सिद्धार्थ नगरपालिका–६ उद्योगपुरी स्थित मुक्तिनाथ खाद्य उद्योगका संचालक तथा उद्योग बाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष कुल प्रसाद गौतमलाई मंगलबार उक्त मोटरसाइकलमा आएका २ जना मध्ये १ जनाले पसल भित्र गई गोली प्रहार गरेका थिए। गोली प्रहार गरे पनि गोली नलागेकोले गौतम सकुशल रहेका छन्।

फरार अर्का व्यक्तिको खोजतलास  गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २२ मंसिर २०७३ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App