१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रावा बैंकद्वारा शिवम सिमेन्टलाई एक करोड अनुदान

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले शिवम सिमेन्टलाई ऊर्जा बचत यन्त्र जडान गरेको भन्दै एक करोड रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी कार्यक्रम नेपाल अन्तर्गत ऊर्जा बचत गरेर अनुदान रकम हस्तान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई उक्त रकम बराबरको चेक प्रदान गरेका थिए।  नेपाल र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम बैंकले ‘इनर्जी इफिसेन्सी’ कार्यक्रम नेपाल आयोजना कार्यान्वनका लागि ‘पिइएन’को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्मलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान दिँदै आइरहेको छ। यस आयोजना अन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App