१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रयाक्टरले किच्दा एकको मृत्यु

बारा- कलैया बीरगंज सडक खण्डको कलैया उपमहानगरपालिका २३ कोइरिया टोल ट्रयाक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यू भएको छ।

कलैया उपमहानगरपालिका ३ भवानीपुरका २६ वर्षीय विनोद कुमार साहको ठक्करबाट घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताए।

बीरगंजबाट कलैया तर्फ आउदै गरेको ना ३ प ५१३७ नम्बरको मोटरसाईकललाई कलैयाबाट बीरगंज तर्फ जादै गरेको ना ७ त २६६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यू भएको प्रउ खनालले जानकारी गराए।

ठक्कर दिने ट्रयाक्टरका चालक फरार रहेको र उनको खोज तलाश सुरु गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रयाक्टर र मोटरसाईकल दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको प्रउ खनालले बताए।

दुबै सवारी साधन तिब्र गतिमा गुडेको कारण उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रउ खनालले बताए।   

प्रकाशित: २८ कार्तिक २०७६ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App