१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

कुवेत सिटी– कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन्।  

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिएको उल्लेख गरेको छ। सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाएका छैनन्।

सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएका हुन्।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन। सिन्ह्वा

 

प्रकाशित: २८ कार्तिक २०७६ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App