१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एक वर्षभित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः भट्टराई

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभित्र सञ्चालनमा आउने गरी काम भईरहेको दावी गरे। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तिव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको पनि स्पष्ट पारे।

मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाई छ।

प्रकाशित: २८ कार्तिक २०७६ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App