१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२७ वर्ष अघि गुमेको चौरीफारम पाउँदा स्थानीय दंग

डोल्पा- पशुपालन व्यवसायलाई प्रवद्र्दन गरि स्थानीयको आयस्रोतमा बृद्दि गर्ने उद्देश्यले डोल्पामा पुन चौरीफारम स्थापना गरिन थालिएपछि स्थानीयमा खुशियाली छाएको छ। चौरी प्रजनन् चौरीको दुध, चीज तथा ऊन उत्पादन गरि समुदायलाई रोजगारी सृजना गर्ने गरि २०३५सालमा डोल्पाको बलाङग्रमा चौरीफारम स्थापना गरिएको थियो। तर स्थानीय राजनीतिक स्वार्थका कारण २०४९ सालमा तत्कालिन जिल्ला विकास समितिका सभापति ओमबहादुर बुढाको कार्यकालमा चौरीफारमलाई विघटन गरि बन्द गरिएको थियो।

२७ वर्षअघि बन्द गरिएको चौरी फारमलाई प्रवद्र्दन गर्ने गरि संघीय सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट पुन  चौरीफारम स्थापना गर्ने गरि १ करोड बजेट विनियोजन गरि जिल्लामा पठाएको छ। त्रिपुरासुन्दरी नगरपालिका ११ स्थित बलाङग्र भन्ने पाटनमा संघीय सरकार भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोगमा पशुपंक्षी अस्पताल डोल्पा मार्फत निमार्ण गरिने भएपछि डोल्पालीमा खुशियाली छाएको त्रिपुरासुन्दरी नगरपालिका ११ का गणेश पुनले बताए।

चौरी फारम स्थापना भएपछि चौरीका साँड उत्पादन, चौरीको दुध, दुधबाट चीज तथा ऊन उत्पादन गरि स्थानीयलाई रोजगारि प्रदान गर्ने लक्ष्य रहेको पशु चिकित्सक चन्द्रलाल धरलाले बताए। स्थानीय समुदाय मार्फत संचालन गर्ने गरि सरकारी स्तरबाटै चौरीफारम निमार्ण सुुरु गरिन थालिएको हो। डोल्पामा चौरी पालन व्यवसाय राम्रो हुने भएकाले चौरीपालन प्रवद्र्दनका लागि चौरीफारम स्थापना गर्न आफुहरुले पटक पटक स्थानीय सरकारका साथै संघिय र प्रदेश सरकारलाई गरेको माग  बल्ल  सुनुवाई भएर सरकारीस्तरमै चौरी फारमको निमार्ण सुुरु गरिन थालिएकोमा वडा अध्यक्ष बिश्वचन्द्र डसालले खुशि व्यक्त गरे।

लामो समयदेखि गुमेको चौरीफारम पुर्नस्थापित भएकोले आफुहरुको गुमेको चौरी पालन व्यवसाय पनि पुर्नजीवित हुने ६५ वषीय गौरीलाल घर्तिको भनाई छ। उनले भने 'पहिला चौरीपालन गर्दा सम्म ढुवानीको समयस्या थिएन। दुधको अभाव थिएन। जीवन गुजार्न सजिलो थियो। तर चौरीफारम विघटन संगै बन्द भएपछि चौरी खोज्न जानु पर्ने झन्झटले बिस्तारै चौरीपालन व्यवसाय हराउदै जाँदा अनेकन समस्या सृजना हुदै आएका थिए अब पुन   चौरीफारामले पुर्नजीवन पाएको छ यसले हामीलाई राहत हुने छ।'

तत्कालिन समयमा मेरै सभापतिको पालामा चौरीफारम विघटन भएको भएपनि संघियता संगै जनताहरुको माग र आफ्नो मागले चौरीफारम पुर्नस्थापना हुने भएकोले संघिय र प्रदेश सरकारले यसको व्यवस्थापन र विकासका साथै बिगतको जस्तै बन्द नहुने गरि दिर्घकालिन रुपमा स्थायी फारमको लागि कर्मचारी लगायत स्रोतको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बताए।

पहिलो चरणमा प्राप्त रकमबाट बलाङग्रमा पुर्वाधार अन्र्तगत कर्मचारी आवास र चौरी बस्नको लागि खोर स्थापना तथा घेराबार निमार्ण पूर्व सबै सरोकारवालाहरुको सहमति र रचनात्मक सहयोग जुटाउनको लागि सर्वपक्षिय छलफल समेत गरेर निर्णय गरिएको पशुपंक्षी अस्पताल डोल्पाले जनाएको छ।

चौरीफारम स्थापना भई सेवा प्रवाह सुुरु भएमा चौरीपालन व्यवसायबाट डोल्पाली चौरीपालन व्यवसायीलाई मात्र नभई छिमेकी जिल्ला जुम्ला, मुगु र हुम्लाका चौरीपालन व्यवसायीलाई समेत राहत पुग्नुका साथै स्थानीय समुदायलाई बलियो रोजगारी सृजना गर्न सहयोग पुग्ने अपेक्ष गरिएको छ।

 

प्रकाशित: २८ कार्तिक २०७६ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App