१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

गाजा सिटी (एजेन्सी) – इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुईजना प्यालेस्टिनीको मृत्यु भएको छ।

योसँगै पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ। इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डरविरुद्ध मंगलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। इस्लामिक जिहादीले बुधबार मारिएका दुई व्यक्तिमध्ये एक जना आफ्नो सदस्य रहेको दाबी गरेको छ।

इस्लामिक जिहाद समूहले प्यालेस्टिनी गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरेको भन्दै बुधबारदेखि जिहादीविरुद्ध कारबाही थालिएको इजरायली सेनाले जानकारी दिएको छ। जिहाद समूहले प्रयोग गरिरहेको रकेट प्रक्षेपण स्थललाई ध्वस्त पारिएको इजरायली सेनाले दाबी गरेको छ।

इजरायली हवाई आक्रमणअघि गाजासँग सीमा जोडिएका इजरायली सहर आस्केलोन र नेटिभोटमा हवाई साइरन बजाइएको थियो।

इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इस्लामिक जिहादका कमान्डर बहा अबु अल–अता मंगलबार मारिएसँगै गाजाबाट इजरायलतर्फ दुई सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए तर ती आक्रमणबाट इजरायलतर्फ कुनै क्षति पुगेको छैन।

गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्रमध्ये झण्डै ९० प्रतिशतलाई आकासमै नष्ट पारिएको इजरायली सेनाले बताएको छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App