१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हवाई भाडा घट्यो

काठमाडौं- हवाई  इन्धनको मूल्य घटेसँगै हवाई भाडा दर पनि घटेको छ। नीजि विमान संचालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले हवाई भाडा नयाँ मूल्य अनुसार समायोजन गरेको जनाएको हो।

नयाँ भाडा दर अनुसार न्यूनतम ९० देखि अधिकतम ३१० सम्म घटेको छ। काठमाडौं सिमराको उडानमा ९० रुपैयाँ घटेको छ। काठमाडौं सिमराको उडानमा यात्रुले अब २ हजार पाँच तिर्नु पर्ने छ। यस्तै धनगढी जान नयाँ भाडा दर अनुसार १० हजार १ सय लाग्ने छ।

नेपाल आयल निगमले सोमबार मध्यरातबाट लागु हुने गरी हवाई इन्धनको भाउमा प्रति लिटर ८ रुपैँया घटाएको थियो। हवाई इन्धनमा प्रति लिटर ४ रुपैयाँ घटवड भए पछि मुल्य समायोजन गर्नु पर्ने हुन्छ।  

 

प्रकाशित: २१ मंसिर २०७३ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App