१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नापी सर्वेक्षक पाँच हजार घुससहित पक्राउ

बारा–अख्तिार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नापी कार्यालय कलैया, बारामा कार्यरत एक नापी सर्वेक्षकलाई सेवा ग्राहीबाट घुस लिँदालिँदै मंगलबार  पक्राउ गरेको छ।

नापी कार्यालय कलैयाबाट सेवाग्राहीसँग पाँच हजार घुस लिई रहेको अवस्थामा नापी सर्वेक्षक राधेश्याम साह पक्राउ परेको अख्तियार टोलीका अधिकरीहरुले जनाएका छन्।
पक्राउ परेको साहले कलैया नगरपालिका २० बकुलहरका एक सेवाको काम गर्नेकालागि पाँच हजार घुस लिँदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाले बताए।
नापी कार्यालय कलैया बाराका प्रमुख रामबिनय कुमार सिँहले आफू जिल्ला प्रशासनमा पुगेका बेलामा यो घटना घटेकोले यसको बारेमा केही भन्न नसक्ने बताए।
 

प्रकाशित: २१ मंसिर २०७३ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App