१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लैंगिक हिंसाविरुद्ध कर्णालीका जनप्रतिनिधि एकजुट

वीरेन्द्रनगर- कर्णालीका जनप्रतिनिधिहरू लैंगिक हिंसा अन्त्यका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन्। मदिराका कारण कर्णालीका महिला हिंसामा पर्ने गरेको भन्दै उनीहरू यसको अन्त्यका लागि एकजुट भएका हुन्।

लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला जिम्मेवारी, भूमिका र प्रतिबद्धता विषयक प्रदेशस्तरीय कार्यक्रमका सहभागी जनप्रतिनिधिहरू लैंगिक हिंसाका लागि सबै एक हुनुपर्ने बताए। लैंगिक हिंसाको प्रमुख कारण मदिरा भएको र यसको नियन्त्रणमा समस्या भएको भन्दै उनीहरूले अभियानका रूपमा कार्यक्रम गर्नुपर्ने बताए।

लैंगिक हिंसासम्बन्धीका कार्यक्रम जनस्तरसम्म पर्‍याउनु पर्ने कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले बताइन्। ‘भएका कानुनलाई कार्यान्वयनमा लिनुपर्छ,’ उनले भनिन्, ‘त्यससँगै सचेतनामूलक कार्यक्रमलाई पनि जोड दिन आवश्यक छ।’ निदाएको मान्छेलाई ब्युँत्याउन सकिने भन्दै उनले निदाएको जस्तो गरेकालाई ब्युँत्याउन नसकिने बताइन्। यसका लागि मान्छेको सोच पनि परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै कर्णाली प्रदेशसभा सदस्य गोपालप्रसाद शर्माले लैंगिक हिंसाका लागि एक वा दुई व्यक्ति मात्र नभई सबै एकजुट हुनुपर्ने बताए। लैंगिक हिंसासम्बन्धीका उजुरी न्यायिक समितिमा धेरै आउने गरेको उनीहरूको भनाइ छ। सुर्खेतको वीरेन्द्रनगरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा कर्णाली प्रदेशका सांसद, कर्णालीका १० वटै जिल्लाका नगर र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता थियो।

उक्त कार्यक्रममा रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी उपमेयर प्रेमकुमारी सुनारले लैंगिक हिंसाका लागि आफ्नो सक्रियता रहने बताइन्। ‘हामीले हिजो र आज पनि लैंगिक हिंसासम्बन्धी काम गर्दै आएका छौं,’ उनले भनिन्, ‘त्यसले पुगेन, अब नयाँ ढंगले लैंगिक हिंसाका लागि काम गर्छाैं।’ लैंगिक हिंसासम्बन्धी बनेका कानुन कार्यान्वय नहुँदा पनि यसको न्यूनीकरणमा समस्या भएको उनको भनाइ छ।

 

 

प्रकाशित: २६ कार्तिक २०७६ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App