१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णलीमा सेवा दिँदै अमेरिकन डाक्टर

जुम्ला- हाडजोर्नी सेवा नि:शुल्क रुपमा प्रदान गर्न अमेरिकन डाक्टर कर्णालीमा पुगेका छन्। अमेरिकाको ओरिगन राज्यको रोजवर्ग सहरका ५८ बर्षिय माइकल डेविड भेन एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेका हुन्।  कर्णाली अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर मंगल रावलको समन्वयमा नेपाल मेडिकल काउन्सीलले स्वीकृत लिएर भेन प्रतिष्ठानमा आएका हुन्।

अमेरिकन डक्टरले कर्णालीमै पुगेर सेवा दिन थालेपछि स्थानीय खुसी छन्। हाडजोर्नी विशेषज्ञ डाक्टर मंगल रावल भन्छन्,‘ अमेरिकन डक्टर बिरामीको उपचार मात्र गर्न पुगेका होइनन्, ३१ बर्ष लामो उपचार अनुभव पनि साट्न आएका हुन्। यो अवसर समग्र कर्णालीको लागि हितकर नै छ।’

कर्णालीमा चिकित्सक जान मान्दैनन्, कर्णालीको बिरामीसंग डाक्टर बस्न मान्दैनन् भन्ने भ्रम चिर्न अमेरिकन डाक्टरको  यो कर्णाली यात्रा निकै काफी छ।

उनी जुम्ला पुगेबाटै ठूला प्रकृतिका शल्याक्रिया गर्न थालिसकेका छन्। डाक्टर रावल भन्छन्,‘ आएको पाँचौ दिन सम्ममा दर्जन बढि  बिरामी हेरिसकेका छन्। उनले एक महिनासम्म सेवा प्रदान गर्ने छन्। बिरामीलाई डक्टरले गर्ने व्यवहारदेखि उपचार शैली समेत उनले सिकाउने छन्।    

रजिष्ट्रार विश्वराज काफ्ले अमेरिकी डक्टरको आगमनले कर्णालीबासीलाई खुसी तुल्याएको बताउँछन्। पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला स्थापना भइसकेपछि यहाँको स्वास्थ्य अवस्था निकै सहज भएको छ। अहिले सामान्य विरामी पर्दा रेफर हुनु परेको छैन्।

 

प्रकाशित: २६ कार्तिक २०७६ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App