१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रथम नेपाल हिल्फे कप उपाधिः ईर्खु र पीपलडाँडालाई

भलिबल प्रतियोगिताको उपाधिसाथ विजेता ईर्खु माविका खेलाडी तथा प्रशिक्षक । तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक– शुभ दीपावलीको अवसरमा ईर्खु स्पोट्र्स क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिवल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ। प्रतियोगिताको रोमाञ्चकारी फाइनल खेलमा सरस्वती मावि ग्याल्थुमलाई ३–२ सेटले परिाजित गर्दै इर्खुले उपाधि हात पारेको हो।

अनिता तामाङको म्यान अफ द म्याच प्रदर्शनमा लगातार दुई सेट गुमाएको खेलको नतिजा उल्टाउँदै ईर्खुले सरस्वतीलाई २१–२५, १७–२५, २५–२०, २५–२० र १५–९ ले हरायो। म्यान अफ द म्याच अनिताले ट्रफी पाइन्।

विजेता ईर्खुले उपाधिसँगै नगद ५० हजार रुपैयाँ पुरस्कार पायो। उपविजेता सरस्वतीले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो। प्रतियोगितामा तेस्रो स्थान हात पारेको सिद्धि गणेश मावि सानोसिरुवारीले नगद साढे १२ हजार रुपैयाँ पुरस्कार पायो। ईर्खुका शिक्षक सविन दंगालले भलिवल प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षक र छात्रा सुस्मिता श्रेष्ठले उत्कृष्ट स्पाइकरको व्यक्तिगत उपाधि हात पार्दा सिद्धि गणेशकी सानु श्रेष्ठ उत्कृष्ट डिफेण्डर घोषित भइन्।

नेपाल हिल्फे कप अन्तर्गतै चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय खुला पुरुष फुलबल प्रतियोगिताको उपाधि वडा नं. ६ पीपलडाँडाले जितेको छ। फाइनल खेलमा उसले सुनौलो विहानी अभियान चौतारालाई १–० गोलले हराउँदै पीपलडाँडाले जित हात पारेको हो। मध्यान्तरअघिको बीच समयतिर पीपलडाँडाका सञ्जय विष्टले गरेको एक मात्र गोल नै वडा नं. ६ लाई जितका लागि पर्याप्त बन्यो। सञ्जय नै खेलको म्यान अफ द म्याच घोषित भए।

फुलबलको उपाधि जितेको वडा नं. ६ ले नगद ५० हजार रुपैयाँ पुरस्कार पायो। उपविजेता सुनौलो विहानीले २५ हजार नगद पुरस्कार हात पा¥यो।  तेस्रो स्थान हासिल गरेको मेलचौर युवा जागरण समाजले साढे १२ हजार रुपैयाँ पुरस्कार पायो। प्रतियोगिताको व्यक्तिगत उपाधिमा पनि वडा नं. ६ कै वर्चस्व रह्यो। उसका सोर्णिम श्रेष्ठ उत्कृष्ट किपर, प्रदीप बुढाथोकी ईर्खु स्टार, सञ्जय विष्ट उच्च गोलकर्ता (७) र विकासकुमार सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए।

त्यस्तै सुनौलो बिहानीका अनिल अधिकारीले उत्कृष्ट डिफेण्डर, युवा जागरणका निकेश दंगालले उत्कृष्ठ मिडफिल्डरको ट्रफी जिते।

प्रतियोगिताको बिजेता टोली र खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरे। उनले ईर्खुको खेल मैदान स्त्तरोन्नतिका लागि नगद ५५ हजार रुपैयाँ नगद सहयोगको घोषणा उनले गरे।

त्यस्तै ३ नम्बर प्रदेशका सांसद निमा लामाले ५१ हजार, हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र व्यवसायी केशवराज गिरीले नगद २५÷२५ हजार रुपैयाँ सहयोगको घोषणा गरे। 

कात्तिक १५ गतेबाट प्रतियोगिता सञ्चालन भएको थियो। छात्रा भलिवलमा १२ विद्यालय र पुरुष फुटबलमा २८ क्लबले भाग लिएका थिए। यसअघि शुभ दीपावली कपको नाममा आठ संस्करणसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो। यस पटक पुरस्कार राशी बढाउँदै फुटबलसमेत समेटेर प्रतियोगितालाई परिमार्जन गरिएको आयोजक ईर्खु स्पोर्टर्स क्बलका अध्यक्ष प्रकाश दंगालले बताए। ‘बर्सेनी प्रतियोगिता सञ्चालन गर्दै जान्छौँ,’ उनले भने।

प्रकाशित: २६ कार्तिक २०७६ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App