१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मर्निङ्ग वाक गर्न हिडेका बृद्धको खुट्टा गेटको पाइपमा अड्किएपछि...

नेपालगञ्ज- नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन्।

परिच खुल्न नसकेका ती बृद्ध मर्निङ्ग वाक गर्न निस्किएका थिए। बसपार्क प्रवेश गर्ने क्रममा पाईपमा उनको एउटा खुट्टा अड्किएको प्रत्यक्षदर्शी मनिष रेग्मीले बताए। ठेकेदारले पुल निर्माण गर्दा पाईपको ‘ग्याप’ ठुलो बनाएका कारण उक्त दुर्घटना भएको आशंका गरिएको छ।

खुट्टा अड्किएको तीन घण्टासम्म पनि ती बृद्धको उद्धार हुन सकेन। मेशिनबाट पाईप काटेपछि मात्र उनको खुट्टा निस्किएको प्रहरीका असई बसन्त केसीले बताए। उद्धारपछि उनलाई आफन्तले उपचारका लागि लगेका छन्।

समाजसेवी एवं राजनीतिज्ञ समेत रहेका घटनाका प्रत्यक्षदर्शी मनिष रेग्मीले घटना डरलाग्दो भएको बताउँदै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन सचेत बन्नुपर्ने बताए। उनले यस्तो कार्य गर्ने माथि कारवाही गर्न माग गरेका छन्। 'मर्निवाकमैत्री भएनन् हाम्रा पूर्वाधार। बनाउनेले कसरी बनाएको थियो ? यस्तो दुर्घटना आइलाग्यो' रेग्मीले भने।

प्रकाशित: २६ कार्तिक २०७६ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App