१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा

काठमाडौं  – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्। नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनी नेपाल आएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। उनकाे स्वागत यातायात मन्त्री रघुविर महासेठले स्वागत गरेका छन्।

७० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन्। परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने तय भएको छ ।

हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन्।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।

भ्रमणको दौरानमा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरी, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने कार्यक्रम रहेकाे छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन् ।

प्रकाशित: २६ कार्तिक २०७६ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App