१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एलआरआईको जित

काठमाडौं – आयोजक एलआरआईले एलआरआई कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजमा बास्केटबलतर्फ सोमबार जित हात पारेको छ ।

एलआरआईले लिटिल एन्जल्स (एलए) स्कुललाई ३१–७ ले पराजित ग¥यो । विजेताका विजय कठायतले १२ अंक जोडे । ब्वाइजमै टिआइएले राराहिललाई ५१–२७ तथा गेट्वेले ग्रिनफिल्डलाई ३२–२७ ले हराए ।

टिआइएका सम्राट गुरुङले १६ तथा गेट्वेका प्रजेश तामाङले १४ अंक जोडे । गल्र्स बास्केटबलमा स्वर्णिमले राराहिललाई १५–१३, एलएले भानुभक्तलाई २५–२१ तथा ग्यालेक्सीले गेट्वेलाई २९–१० ले पाखा लगाए । स्वर्णिमकी टिसा महर्जनले ९, एलएकी शिकुमले १३ र ग्यालेक्सीकी सरु श्रेष्ठले १२ स्कोर  गरे ।

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App