१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्दिल र अशुत्तम सेमिफाइनलमा

काठमाडौं – आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोही स्पर्धामा नेपाल प्रहरी स्कुलका सफल श्रेष्ठ र सरोज तामाङको जोडी सेमिफाइनलमा पुगे । गल्र्स डबल्समा सेन्ट जेभियर्सका ईशाश्री शाह र आध्या पौडेल, द चाँदबागका समृद्धि सेढाईं र उत्सा लामा, एलएका शुभाङ्गीलक्ष्मी शाह र मार्फा महर्जन तथा द ब्रिटिस स्कुलका निमिशा ढकाल र शैवी ढकालको जोडी सेमिफाइनलमा पुगे ।

यु–१४ ब्वाइज सिंगल्समा डिएभीका अकी जुवेन राउत, नेपाल प्रहरी स्कुलका सफल श्रेष्ठ, गण्डकी बोर्डिङ स्कुलका हृदय केसी, समताका सौगात विक, काष्ठमण्डपका प्रणव मानन्धर, गण्डकीका गिर्वाणजंग थापा र निहालजंग थापा तथा नेपाल प्रहरीका चिराग तिम्सिना क्वार्टरफाइनलमा पुगे ।यु–१० गल्र्स सिंगल्समा फ्रान्थका आर्या गुरुङ क्वार्टरफाइनलमा पुगिन् । यु–१२ गल्र्स सिंगल्समा चाँदबागकी कृषा अधिकारी तथा कान्जिरोवाकी लासा प्रजापति क्वार्टरफाइनलमा पुगे ।
 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App