१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुलसँग सिटी स्तब्ध

लन्डन – साबिक विजेता म्यानचेस्टर सिटीमाथिको सहज जितका साथ इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राखेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले खेलाडीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

सिटीलाई ३–१ ले पराजित गरेसँगै लिभरपुलको १२ खेलमा ३४ अंक छ जुन चौथो स्थानको सिटीभन्दा ९ अंक बढी हो। लेस्टर सिटी र चेल्सी समान खेलमा समान २६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। सेफिल्ड युनाइटेड १७ अंकका साथ पाँचांै स्थानमा छ।

खेलको छैटौं मिनेटमा फाबियानोको गोलमा लिभरपुलको अग्रता लिएको थियो। त्यसको ७ मिनेटपछि नै मोहम्मद सालाहले अग्रता दोब्बर पारेका थिए। ५१औं मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता ३–० मा पु¥याएका थिए। खेल सकिन १२ मिनेट बाँकी हुँदा बर्नाडो सिल्भाले गोल गरे पनि त्यो सिटीलाई खेलमा फर्काउन पर्याप्त बनेन।

‘सिटी उत्कृष्ट टोली हो,’ क्लोपले भने, ‘सिटीले गोलको अवसरलाई उपयोग गर्न सकेन। हामी भने पाएका अवसरमा भरपूर फाइदा उठाउन सफल भयांै। यो नै जितको कारक बन्यो। सिटीविरुद्ध खेल्न सधंै कठिन हुने गर्दछ।’ ‘टोलीले उत्कृष्ट प्रदर्शन ग¥यो, स्वाभाविक लयलाई निरन्तरता दियो।’  उनले थपे, ‘सिटीलाई पराजित गर्ने यो नै एउटा मात्र रणनीति थियो।’
यता सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने स्वाभाविक लयअनुरूपकोे प्रदर्शन गर्न चुके पनि आफूहरू निराश भने नभइसकेको बताएका छन्।

‘हामी च्याम्पियन टोली हांै, तर आजको प्रदर्शनमा केही कमजोर रह्याेंै,’ ग्वार्डिओलाले भने, ‘यद्यपि म टोलीको प्रदर्शनबाट भने सन्तुष्ट छु। लिभरपुल युरोपकै उत्कृष्ट टोली हो र उनीहरूविरुद्ध गरेको प्रदर्शनप्रति कुनै गुनासो छैन।’
‘सधै जित सम्भव हुँदैन,’ उनले थपे, ‘विपक्षीले गरेको उत्कृष्ट प्रदर्शन पनि भुल्न हुँदैन।’

आइतबारै भएको अर्को खेलमा उल्भरह्यामटनले एस्टन भिल्लालाई २–१ ले हराएको हो। उल्भरह्यामटनका रुबेन नेभिस र राउल जिमिनेजले समान एक गोल गर्दा भिल्लाका ट्रिजेगटले सान्त्वना एक गोल गरे।

‘सिटीले गोलको अवसरलाई उपयोग गर्न सकेन। हामी भने पाएका अवसरमा भरपूर फाइदा उठाउन सफल भयांै। यो नै जितको कारक बन्यो। सिटीविरुद्ध खेल्न सधंै कठिन हुने गर्दछ।’

 

 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App