१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुदूरपश्चिममा राबा बैंकको प्रादेशिक कार्यालय

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले सुदूर पश्चिमको कैलालीस्थित धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ। उक्त कार्यलयको सोमबार सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाट्न गरेको बैंकले जनाएको छ।

सो अवसरमा मुख्यमन्त्री भट्टले सरकारको लगानीमा सञ्चालित संस्थानहरुको विगतको कार्यसम्पादन सन्तोषजनक नभए पनि राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउँदै आगामी दिनमा सम्पूर्ण ग्राहकलाई समान व्यवहार गरी सरल र सहज बैंकिङ सेवा प्रवाहका लागि ‘सेवासहितको नाफा र नाफासहितको सेवा’ प्रवाहमा ध्यान दिन आग्रह गरे।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानीय तहमा बैंकिङ सेवा पु¥याउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाको ठूलो भूमिका हुने भएकाले बैंकले अग्रणी भूमिका निर्वाह गर्नैपर्छ।’

बैंकले गत आर्थिक वर्ष ०७५/७६ मा पाँच अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ, कर्जा एक खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। बैंकको हाल सात प्रदेशमा दुई सय ३८ शाखा कार्यालय, दुई सय पाँच एटिएम र ९३ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै आएको छ।
 

प्रकाशित: २६ कार्तिक २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App