१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं - आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्। पीडित महिलाको निवेदनका आधारमा वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन्।  'पीडित महिलालाई पनि हामीले बोलाएका छौं।' निरीक्षक भट्टले भने, 'त्यसपछि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ।'

प्रकाशित: २६ कार्तिक २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App