१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मेडिकल संचालकहरुलाई शिक्षामन्त्रीको अल्टिमेटम, '१५ दिनभित्र गुनासो सम्बोधन नभए मुद्दा चलाउँछौं'

काठमाडाैँ – नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए ।

सोमबार युनेस्कोको बैठकमा सहभागी हुन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको बताए। यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गराइने उनले बताए।

मन्त्रालयले  त्रिभुवन विश्वविद्यालय, काठमाडौं  विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर यसअघि गरिएको मन्त्रिस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो। यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै  सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्की दिदै आएका छन् ।

प्रकाशित: २५ कार्तिक २०७६ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App